नेपालमा काेराेना संक्रमण पुष्टिमा नयाँ रेकर्ड, एकैदिन संक्रमित हुनेकाे संख्या सात हजार माथि

May 02, 2021 04:43 PM Merolagani



नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन् । आइतबार देशभरमा सात हजार २११ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २४ घण्टामा भएको कुल १६ हजार ७२३ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २७ रहेको छ ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका दुई हजार ७४४ जना, ललितपुरका ५५० जना र भक्तपुरका ३०१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी एक दिनमा नै काठमाडौं उपत्यकामा तीन हजार ५९५ जनामा कोभिड १९ पुष्टि भएकाे छ।

यसैगरी २४ घण्टामा कोरोना मुक्त हुने एक हजार ६१२ जना छन् भने क्वारेन्टिनमा ६७ जना छन् । मन्त्तालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ रहेको छ । तीमध्ये संस्थागत आइसोलेसनमा तीन हजार ५३० जना र होृम आइसोलेसनमा ४५ हजार १८१ जना छन् । यस्तै आईसीयूमा उपचाररत ४७७ जना र भेन्टिलेटरमा हुने संक्रमितको संख्या १३१ रहेको मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।