भुक्तानी सेवा प्रदायकलाई वर्क फ्रम होमको व्यवस्थागर्न केन्द्रिय बेंकको निर्देशन, २० प्रतिशत कर्मचारी मात्रै कार्यलय जान पाउने

May 02, 2021 09:25 PM Merolagani



नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई आफ्ना कर्मचारीहरुलाई सम्भव भएसम्म वर्क फ्रम होमको व्यवस्था गर्न निर्देशन दिएको छ।

केन्द्रिय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोनाको दोस्रो लहर फैलिदै गएको भन्दै व्यवसायीक निरन्तरतालाई उच्च प्राथामिकतामा राख्दै कार्यलयमा उपस्थित नभई सम्पादन हुन नसक्ने कार्यहरु मात्रै न्युन कर्मचारीको उपस्थितिमा कार्य सम्पादन गर्न निर्देशन दिएको छ।

त्यस्तै केन्द्रिय बैंकले निशेधाज्ञा जारी भएका जिल्लामा २० प्रतिशतभन्दा कम कर्मचारीबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

यसैगरी विप्रेषकहरुलाई समेत सम्भव भएसम्म विद्युतिय माध्यमबाट गरिने कार्यसम्पादनमा जोड दिन केन्द्रिय बैंकले निर्देशन दिएको छ। 




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।