अपि पावरको हकप्रद स्वीकृत

May 03, 2021 12:43 PM Merolagani



अपि पावर कम्पनी (API) लाई हकप्रद शेयर निश्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले १ बराबरकाे ०.२९३८ कित्ताको दरले हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको हो।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्ने छ।

कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।