तेस्रो त्रैमासमा प्रथम श्रेणीमा तीन बैंक, पोजिसन अनुसार शेयरमा आकर्षण देखिएन, यस कारणले बढेनन् बैकको शेयर ?

May 05, 2021 08:48 AM Merolagani

सुवास निरौला

चालु आर्थिक वर्षमा तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै तीन बैक प्रथम श्रेणीका बैंक बन्न सफल भएको छ। वित्तीय विवरणमा प्रकाशित प्रमुख सूचकहरूको अंक तालिकाका आधारमा तीन बैकले सबै बैंकलाई पछि पर्दै पहिलो स्थान ओगटेका हुन्।

प्रगतिका हिसाबले बैकले निक्कै राम्रो गरेको भएपनि दोस्रो बजारमा भने बैंकको शेयरमा आकर्षण देखिएन। वासलात प्रकाशित गर्दै गर्दा बढ्नु पर्ने बैंकका शेयरलाई बजारले उल्टो प्रतिक्रिया दियो। बढ्नु पर्ने शेयरको मूल्य घटेर उल्टो प्रतिक्रिया दिएको हो। दोस्रो बजारमा सर्ट टर्म ट्रेड, बढी स्पेकुलेशन,ओभर सप्लाई र इनसाइड ट्रेड हावी हुँदा बैंकका वासलातमा प्रगति देखिए पनि दोस्रो बजारमा भने उनीहरूले अझै उचित मूल्य नपाएका हुन्।

मेरो लगानीले सबै बैंकको सूचकहरूलाई अंक तालिकाको आधारमा गणना गर्दा तीन बैक समान ६८ अंक प्राप्त गर्दै प्रथम श्रेणीका बैंक बनेका छन्। नबिल बैंक, ग्लोबल आइएमई बैंक र सानीमा बैंक नम्बर वान बनेका हुन्। चुक्ता पूँजी, जगेडा कोष, इपिएस, पिइ रेसियो,खराब कर्जा, आरओई, बुक भ्यालु र वितरण योग्य मुनाफाका आधारमा उनीहरू नम्बर वान बनेका हुन्।

हेर्नुस् तेस्रो त्रैमासमा कसको सूचक कस्तो छ।

माथि तस्बिरमा भएका सूचक चालु आर्थिक वर्षको तेस्रो त्रैमासको हो। प्राप्त सूचकलाई मेरो लगानीले अंक तालिकामा राखी गणना गरेको थियो। सबैभन्दा राम्रो स्थानमा रहने बैंकलाई एक नम्वर प्रदान गरिएको थियो भने पुछारमा हुनै बैकले २६ अंक प्राप्त गरेका थिए। जसमा चुक्ता पूँजी सबैभन्दा बढी हुनेले एक नम्बर, जगेडा कोष, आरओइ र इपिएस सबैभन्दा बढी हुनेले पनि एक नम्बर नै प्राप्त गरेका थिए।  सबैभन्दा कम खराब कर्जा र पिइ रेसियो पाएका बैकले एक नम्बर प्राप्त गरेका थिए भने बुक भ्यालु र वितरण योग्य मुनाफा सबैभन्दा बढी हुनेलाइ एक नम्बर प्रदान गरिएको थियो। सोही आधारमा समान ६८ अंक प्राप्त गर्दै तीन बैंक प्रथम श्रेणीमा रहन सफल भएका हुन्।

हेर्नुस् सूचकको आधारमा कसले कति अंक पाए

अंक तालीकाकै आधारमा दोस्रो स्थानमा सिटजन्स बैक देखिएको छ। उसले ७० अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको हो। अंक तालीकाको आधारमा सबैभन्दा पुछारमा सेन्चुरी कमर्सियल बैंक देखिएको छ। सबैभन्दा बढी १९९ अंक प्राप्त गर्दै सेन्चुरी बैंक पुछारमा परेको हो।

राम्रो स्थान हुँदा पनि बैकको शेयरमा आकर्षण भएन ?

सबै इन्डिकेटरको आधारमा तीन बैंक सबैभन्दा राम्रो देखिएका भएपनि उनीहरूको बजार मूल्यमा भने निक्कै ठुलो अन्तर देखिएको छ। जबकि पहिलो स्थान ओगट्ने नबिल बैंकको मूल्य १२ सय रुपैयाँ माथि हुँदा उत्ति नै अंक प्राप्त गरेका ग्लोबल आइएमइ र सानीमा बैंकको भने मूल्य तीन गुणा सस्तो छ। उनीहरूको बजार मूल्य चार सय रुपैयाँको लाइनमा छन्। राम्रो मुनाफा र सबै इन्डिकेटर राम्रो हुँदा हुँदै पनि ग्लोबल सानीमाले भने नबिल बैंकले बजारमा पाइ रहेको मूल्य पाउन सकिरहेका छैनन्। उनीहरूले शेयरको प्राइस नपाउनुमा दोस्रो बजारमा हुने स्पेकुलेसन र सर्ट टर्म ट्रेडले बढी काम गरेको शेयर बजार विश्लेषक मुक्ति अर्यालले बताए। "पछिल्लो समय दोस्रो बजारमा सर्ट टर्म ट्रेड बढी हुने गरेको छ। मानिसहरू आउट लुक भन्दा पनि क्विक मनि तर्फ बढी दौडिरहेका छन्। आउट लुक नहेर्ने र क्विक मनि चाहनेहरूले सूचक हरूमा बढी ध्यान दिँदैनन्। उनीहरूले मार्केटमा कुन शेयर बढी चलिरहेको छ ? कुन शेयरमा डिमान्ड बढी छ ? कुन शेयरले छिटो केही रुपैयाँ दिन सक्छ ? यसमै उनीहरूको बढी फोकस हुन्छ। जसले गर्दा पनि तिनीहरूले समान हैसियत राखेको भएपनि मूल्य पाउन नसकेका हुन्" अर्यालले मेरो लगानीसँग भने।

अर्को ओभर सप्लाइ र फरक क्षेत्रको मूल्यको कारणले पनि बैंक वित्तीय संस्थाले राम्रो मूल्य नपाएको अर्यालको विश्लेषण छ। "सर्ट टर्म लगानीकर्ताले छोटो समयको लागि लगानी गर्छ। उसले एक वर्ष वा त्यो भन्दा बढीको लागि उसले लगानी गर्दैन। निश्चित समयकोलागि लगानी गर्ने लगानीकर्ताले स्टकमा सूचिकृत सबै कम्पनीलाई वाच गरिरहेको हुन्छ। यतिखेर दोस्रो बजारमा ट्रेडिङ र माइक्रो फाइनान्सले सबैभन्दा राम्रो प्रदर्शन गरिरहेका छन्। तुलनात्मक रुपमा उनीहरूको मूल्य बढी भएपनि थोरै समयमा ठुलो उतार चढाव ती कम्पनीमा हुने गर्छ। जुन कम्पनीमा बढी उतार चढाव हुन्छ। तीनै कम्पनीमा उनीहरूको आकर्षण हुन्छ। यस कारण पनि बैंकको शेयरमा ठुलो उतार चढाव पनि छैन। मूल्यमा पनि ठुलो अन्तर नभएपछि उनीहरूले बैंकको शेयरमा बढी ध्यान नदिएका कारण पनि शेयर मूल्य बढ्न नसकेको हो।

त्यसैगरि सप्लाइको तर्फबाट हेर्दा थोरै मूल्य बढ्दा पनि ठुलो मात्रामा आउने सप्लाइले गर्दा पनि उनीहरू बैंकको शेयरमा बढी खेल्न सक्दैनन्। जुन कम्पनीको शेयर कम आउछ। त्यसको मूल्य बढ्ने सम्भावना हुन्छ। तर १० रुपैयाँ पनि नबढ्दै लाखौँ कित्ता सेलमा आएपछि उनीहरूले प्राइस मेन्टेन गर्न सक्दैनन्। जसले गर्दा पनि उनीहरूले बैंकको शेयरमा बढी नखेल्दा शेयर मूल्य बढ्न नसकेको हो " अर्यालले भने।

अमेरिकी शेयर बजारको बारेमा लामो समय त्यही बसेर काम र अनुभव दुवै संगालेका अर्यालले नेपाली शेयर बजारमा बढी स्पेकुलेसन,सर्ट टर्म ट्रेड र इनसाइड ट्रेडिङको बढी हुने गरेको बताए। बजारमा स्पेकुलेसन बिना स्टकको प्राइस निर्धारण हुँदैन। जुन सुकै स्टक मार्केटमा कम बेसी स्पेकुलेशन हुन्छ नै। तर बढी नै स्पेकुलेशन हुनु बजारको लागि राम्रो होइन। तर नेपालमा अलि बढी नै स्पेकुलेशन हुने गरेको स्टकका प्राइसले देखाइ रहेका छन्। जुन कम्पनीले वित्तीय अवस्था बैक हरू जत्तिको पनि छैन वा जुन कम्पनीले रिटर्न नदिए पनि रिटर्न दिने क्षमता पनि राख्दैन। त्यस्ता कम्पनीको प्राइस बढी हुनु भनेको बढी नै स्पेकुलेसन हो भन्ने मान्नु पर्ने हुन्छ।  बढी स्पेकुलेसनको लागि इनसाइड ट्रेडिङको सपोर्ट हुन्छ। नेपालको शेयर कारोबारमा यो अलि बढी नै देखिने गरेकोले पनि कुन कम्पनीको मूल्य कति सम्म हुनु पर्ने हो भनेर वित्तीय विवरण हरेर अनुमान लगाउन नसकिने अर्यालको भनाइ छ।

वित्तीय सूचकहरूको आधारमा लगानीकर्ताले लगानी नगरेसम्म आउने १० वर्षमा कम्पनी कहाँ पुग्छ भनेर आउट लुक हेरेर लगानी गर्ने वातावरण तयार नभए सम्म शेयर बजार परिपक्व भएको मान्न सकिँदैन। स्पेकुलेशन र सर्ट टर्म ट्रेडले मात्रै फुलाएको बजारमा जहिले पनि जोखिम हुने भएकोले लगानीकर्ताका लागि सबैभन्दा बढी जोखिम रहेको उनको जिकिर छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।