सेयर बजारः डिमान्ड एण्ड सप्लाईको खेल

May 03, 2021 06:25 PM merolagani

तिलक कोइराला

केही दिन यता सेयर बजारमा ठूला बाणिज्य बैंक र अन्य कम्पनीहरुको सेयरको मूल्य लगातार घटिरहेको बेला साना कम्पनीहरुको सेयरको मूल्य भने लगातार उकालो लागिरहेको छ । यसैलाई लिएर विश्लेषक र सेयर बजारको ज्ञाता भन्नेहरुले फलानो कम्पनीमा खेल भयो, ईन्साईडर ट्रेडिड. भयो भन्ने जस्ता टिप्पणीहरु गरिरहेको पनि देखिन्छ ।

केही कम्पनीमा ईन्साईडर ट्रेडिड. भयो भन्ने गुनासोका बारेमा धितोपत्र बोर्ड र सम्बद्ध निकायले छानविन गरिरहेको भनिएको छ तर कुनै तथ्य विवरण सार्वजनिक नभएकाले यहाँ थप उल्लेख गर्न आबश्यक रहेन ।

सेयर बजार भनेकै माग र आपुर्तिको नियमले चल्ने बजार हो भन्ने कुरा बुझ्ने हो भने कम्पनीहरुको सेयर मूल्य बढाई र घटाईलाई सामान्य रुपमा नै लिनुपर्छ । हजारौं लगानीकर्ताले दैनिक लाखौं कित्ता सेयर आफ्नै हातबाट किनबेच गर्ने गरिरहेको बजारमा जब दुई चार लाख कित्ता सेयर भएका कम्पनीहरुलाई सूचीकरण गरिन्छ र साना, ठूला कम्पनी सबैलाई एउटै नियमले बाधिन्छ भने माग र आपुर्ति (डिमान्ड एण्ड सप्लाई) को खेल बुझेकाहरुले स्वभाविक रुपमा खेल्छन् । ठूला कम्पनीमा अत्यधिक आपुर्तिका कारणले दुई रुपैयाँँ मूल्य बढ्नासाथ लाखौं कित्ता सेयर बिक्री गर्नेहरु हुन्छन् भने दुई चार करोड लिएर बजार पसेकाहरुले साना कम्पनीमा मनलाग्दी किसिमले सेयरको भाउ बढाउँन सक्छन् । पछिल्लो समय यस्तै खेल गर्नेहरुले कमाएका पनि हुन सक्छन् ।

सेयर बजारमा मूल्य तलमाथि पार्ने अर्को कारण लगानीकर्ताको मनोबल बलियो वा कमजोर के छ भन्ने कुरा पनि मुख्य आधार हो । लगानीकर्ताको मनोबल बलियो भएको बेला सेयर बजारमा ठूला साना धेरै कम्पनीको मूल्य बढ्नसक्छ । यदि लगानीकर्ताको मनोबल कमजोर छ भने खेलाडीहरुले यस्तै साना र रणनीतिक खालका कम्पनीहरुमा खेल्ने प्रयास गर्छन, जसले बजारलाई चलायमान बनाईदिन्छ । जुन कम्पनीको मूल्य उचालिन थाल्छ, बजारका अरु साधारण लगानीकर्ताहरु त्यसैको पछि दौडिन थाल्छन् अनि माग माथि मागको थात लाग्छ । अहिले भएको त्यही हो । माग र आपुर्तिको नियममा रहेर चल्ने यस्ता खेलहरु अबैध मान्नु भन्दा अगाडि साना र ठूला कम्पनीहरुलाई एउटै नियमले बाध्ने कुरा नै परिवर्तन हुनु आबश्यक हुन्छ ।

कम्पनीहरुको अबस्थामा परिवर्तनले पनि सेयर बजारमा ठूलो प्रभाव छाड्छ तर सबै लगानीकर्ताहरु कम्पनीको अबस्था बुझेरै बजारमा किनबेच गर्छन भन्ने कुरा ग्यारेन्टी गर्न सकिन्न । अघिल्लो सातासम्म कोरोना संक्रमण र संभावित लकडाउनको हल्लामा आँत्तिएर सेयर बिक्री गर्ने लगानीकर्ताहरुले यस सातासम्म आईपुग्दा गहिरै पछुताउको महसुस गरेका हुनसक्छन् । हिजो घटाघटमा सेयर बिक्री गर्नेहरु आज बढाबढमा किन्दै होलान् । यस्ता लहडी र हल्लाको पछि कुद्ने लगानीकर्ताहरुका बारेमा धेरै टिप्पणी गर्नु बेकार छ ।

सेयर बजारमा लगानी गर्नेहरुले कम्पनीले दिने लााभांश मात्रै हेर्दैनन्, पूँजीगत लाभलाई सर्वाधिक महत्व दिन्छन् । किनेको मूल्य भन्दा माथि गयो भने बिक्री गरेर नाफा सुरक्षित गर्ने र सस्तो भयो भने फेरि किन्ने प्रबृत्ति निरन्तर चलिरहन्छ । यही चक्रको बीचबाट लगानीकर्ताले नाफा, नेप्से, धितोपत्र बोर्ड र ब्रोकरले कमिशन, सरकारले पूँजीगत लाभकर र अन्य लाभहरु, निक्षेप सदस्य र सेयर रजिष्ट्रारले हस्तान्तरण शुल्कहरु प्राप्त गर्छन र समग्र बजारका सम्बद्ध पक्षहरु लाभान्वित भईरहेका हुन्छन् । यही नै सेयर बजारको जीवन्त रुप हो । हिजोसम्म सेयर बजारलाई नियन्त्रण गर्नुपर्छ भन्ने सत्ताधारी कम्युनिष्टहरु आज सेयर बजारले दिन थालेको पूँजीगत लाभकर र अन्य राजश्वबाट हौसिएर सहज रुपमा लिन थालेका छन् । उनीहरुले बजारको र आपुर्तिको नियम तथा त्यसलाई नियमनकारी दायरामा राखेर स्वतन्त्र छाड्नुपर्ने र सकेसम्म प्रबद्र्धन गर्नुपर्ने बारेमा अब चाँही बजेटमा राम्रै कुरा ल्याउलान् ।

अहिलेको सेयर बजारको प्रबृत्ति हेर्दा कोरोना संक्रमणले सबैभन्दा कम असर गर्ने र बजारमा सेयर संख्या तुलनात्मक रुपमा कम रहेका कम्पनीहरुमा लगानीकर्ताहरुको आकर्षण अरु लामो समय रहने आँकलन गर्न सकिन्छ । कोरोना सक्रमण बढेर गए पनि त्यस्ता कम्पनीहरुको आय नघट्ने र लाभांश पनि आकर्षक नै हुने आाकलन गर्दे लगानी केन्द्रित गर्ने प्रबृत्ति कायम रह्यो भने नेपाल टेलिकम, शिवम सिमेन्ट, हिमालयन डिष्टीलरी, लगानी तथा हाईड्रो क्षेत्रका कम्पनीहरु, बीमा लगायतको सेयरमा पूँजीगत लाभ खोज्नेहरुलाई अन्यथा भन्न मिल्दैन । माग र आपुर्तिको नियममा खेल्नेहरुले यी र यस्तै कम्पनीहरुमा आँखा लगाउँन सक्छन् । साथै मर्जर सम्बन्धी सूचना चुहिएको अबस्थामा बाणिज्य बैंक, बिकास बैंक र फाईनान्सहरुको सेयरमा पनि एक्कासी माग पक्ष बलियो भएर जानसक्छ ।

कोरोना संक्रमण बढेकाले बैंकहरुको अन्य क्षेत्रमा जाने लगानी खुम्चिने, तरलता बढेर जाने, ब्याज दर सस्तो हुँदा सेयर बजारमा लगानी बढ्ने, कम्पनीहरुले चालु बर्षको नाफाबाट लाभाांश वितरण गर्न कति कमाउँछन् भन्ने लगभग आँकलन गर्न सकिने अबस्था भईसकेको हुँदा २०७८ दशैंसम्मको लगानीको क्षेत्र सेयर बजार नै हो भन्नुपर्छ । कोरोना संक्रमण नियन्त्रणको अबस्था कम्तिमा आगामी दशैंसम्म मान्ने हो भने पनि सर्बसाधारणले लगानी गर्ने अर्को क्षेत्र छैन । यसो भन्दै गर्दा माग र आपुर्तिको नियममा आधारित रहेर लाभांश र पूँजीगत लाभ दुबै विचार गरी आफ्नो जोखिमबहन क्षमता हेर्नु अनिबार्य छ ।

नेप्से कतिले बढ्ला वा घट्ला भन्ने ठेक्का कसैले लिन सक्दैन । नेप्से सूचकको अनुमान गरेर त्यसैको आधारमा लगानी गर्नु मुर्खता हो । नेप्से ५०० विन्दुले घटे पनि वा बढे पनि माग र आफुर्तिको बजार नियम बुझेर आफ्नो लगानी रणनीति अनुसार गरिएको लगानीमा राम्रै प्रतिफल पाईने अवस्था छ ।

(कोइराला पूँजी बजार बिकास अभियानका संयोजक हुन्, यो उनको निजी धारणा हो )

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।