युनियन लाइफले वार्षिक साधारण सभा बोलायो, स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिकाे अनुमोदन गर्ने

May 04, 2021 12:50 PM Merolagani



युनियन लाइफ इन्स्योरेन्सले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैशाख १९ गते बसको बैठकले जेठ ११ गते कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थ नगरपालिका,रुपन्देहीमा बिहान १० बजे साधारण सभा बोलाएको हो ।

सभाले स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिको प्रस्ताव पारित गर्नेछ । यस्तै आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको नियुक्ति र  पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।

कम्पनीले कम्पनी ऐनको दफा १०५ को १ (ग) बमोजिम आर्थिक वर्ष २०७५/७६ मा भएको खर्चको अनुमोदन गर्ने विशेष प्रस्ताव गरेको छ ।

कम्पनीले कोभिड १९ को प्रभावका कारण वार्षिक साधारण सभामा उपस्थित हुने शेयरधनीहरुले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आधिकारिक परिचयपत्रका साथमा उपस्थित हुन आग्रह गरेको छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।