सुनचाँदीको मूल्य मंगलबार पनि बढोत्तरी, ताेलाकाे कति ?

May 04, 2021 12:14 PM Merolagani



सुनचाँदीको मूल्य मंगलबार पनि बढोत्तरी भएको छ । बैशाख २१ गते, सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार पनि सुनको मूल्य बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँ तोकिएको थियो ।
यस्तै यस दिन तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ पनि मंगलबार उकालो लागेको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३२५ रुपैयाँमा किनबेच हुँदैछ । महासंघले जनाए अनुसार चाँदी अघिल्लो दिन वृद्धि भई एक हजार ३०० रुपैयाँमा उक्लेको थियो ।

देशका अधिकांश स्थानमा यतिबेला काेराेना महामारीका कारण  निषेधाज्ञा जारी गरिएकाे छ । फलस्वरूप सुनचाँदी व्यवसाय निकै प्रभावित बनेकाे छ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।