सुनचाँदीको मूल्य मंगलबार पनि बढोत्तरी, ताेलाकाे कति ?

May 04, 2021 12:14 PM Merolagani



सुनचाँदीको मूल्य मंगलबार पनि बढोत्तरी भएको छ । बैशाख २१ गते, सुन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी महासंघको तथ्यांक अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सोमबार पनि सुनको मूल्य बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँ तोकिएको थियो ।
यस्तै यस दिन तेजाबी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदीको भाउ पनि मंगलबार उकालो लागेको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३२५ रुपैयाँमा किनबेच हुँदैछ । महासंघले जनाए अनुसार चाँदी अघिल्लो दिन वृद्धि भई एक हजार ३०० रुपैयाँमा उक्लेको थियो ।

देशका अधिकांश स्थानमा यतिबेला काेराेना महामारीका कारण  निषेधाज्ञा जारी गरिएकाे छ । फलस्वरूप सुनचाँदी व्यवसाय निकै प्रभावित बनेकाे छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।