बिल गेट्स र मेलिन्डा गेट्सले विवाहको २७ वर्षपछि गरे डिभोर्सकाे घाेषणा

May 04, 2021 02:03 PM Merolagani



माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी श्रीमती मेलिन्डाले डिभोर्स गर्ने भएका छन् । अर्बपति दम्पत्तिले विवाहको २७ वर्षपछि छुट्टिने निर्णय गरेका हुन् । 

जीवनको आउँदा दिनहरुमा एकैसाथ अब अगाडि बढ्न नसक्ने भन्दै उनीहरुले सम्बन्धको अन्त्य गर्ने घोषणा गरेका छन् । सामाजिक संजालमार्फत यी दुबैले यस्तो घोषणा गरेका हुन् ।

यद्यपी उनीहरु परोपकारी कार्यका लागि आफ्नो संस्थामा साथसाथै काम गर्ने भएका छन् । बिल र मेलिन्डा गेट्सले धेरै सोचविचार र एकआपसमा कुराकानीपछि आफ्नाे सम्बन्धको अन्त्य गर्ने निर्णय लिएको बताएका छन् ।

'गत २७ वर्षदेखि हामीले तीन सन्तानहरुलाई पालेर ठुला गराइसकेका छौँ । हामीले एक परोपकारी संस्था पनि बनाएका छौं जसले संसारभरमा मानिसहरुको स्वास्थ्य र राम्रो जिन्दगीका लागि काम गर्ने गर्दछ । हामी यस उद्येश्यका लागि अझै पनि उस्तै सोंच राखेर एकसाथ काम गर्ने छौं । यद्यपी जीवनको आउने समयमा श्रीमान् श्रीमतीका हिसाबले सँगसँगै रहन नसक्ने हामीलाई अनुभव भएको छ । हामी नयाँ सुरुवात गर्न जाँदैछौं । यस्तो अवस्थामा हामी सम्पूर्ण परिवारले सबैबाट गोपनीयता तथा केही अलग समयको आशा गरेका छौं,' उनीहरुले लेखेका छन् ।

२७ वर्ष पहिलो यसरी भएको थियो विवाह

बिल गेट्स र मेलिन्डाको पहिलो पटक सन् १९८७ मा न्यूयोर्ककाे एक्सपो ट्रेड मेलामा भेट भएको थियो । मेलिन्डा सन् १९८७ मा माइक्रोसफ्टमा एक प्रोडक्ट म्यानेजरका रुपमा काम गर्दै थिइन् । सोही क्रममा उनीहरुको भेट भएको हो ।

कुराकानीको सुरुवातपछि माइक्रोसफ्ट कार पार्किंगमा बिलले मेलिन्डालाई बाहिर घुम्न जाने प्रस्ताव राखेका थिए । तर मेलिन्डाले उनको प्रस्तावलाई स्वीकरीनन् र समय आएपछि पुन : यो प्रश्न गर्न भनिन् ।

यसपछि बिल गेट्सले बिस्तारै कुराकानी अघि बढाइरहे । केहि महिनापछि यी दुईको सम्बन्धले नयाँ आकार लियो र सन् १९९३ मा उनीहरुले मगनी गरे ।

सन् १९९४ नयाँ वर्षको समयमा उनीहरु विवाह बन्धनमा बाँधिएका थिए । विश्वका सबैभन्दा धनी व्यक्तिका रुपमा चिरपरिचित बिल गेट्स समाजसेवीका रुपमा पनि चिनिन्छन् ।

मेलिन्डा गेट्सले सन् २०१९ मा प्रकाशित आफ्नो संस्मरण 'द मोमेन्ट अफ लिफ्ट' मा आफ्नो बाल्यकाल र जीवनसँग सम्बन्धित संघर्षका बारेमा लेखेकी छिन् । उनले एक सेलिब्रेटिकी श्रीमती हुँदा तथा घरमा तीन बच्चाहरुको पालनपोषण गर्दाको संघर्षको बारेमा पनि बताएकी छिन् ।

(एजेन्सीकाे सहयाेगमा ।)




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।