काठमाडौं उपत्यकामा बैशाख २९ गतेसम्म निषेधाज्ञा

May 04, 2021 03:47 PM Merolagani



काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले गत १६ गतदेखि निषेधाज्ञा घोषणा गरेका थिए ।

काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमण उच्च गतिमा बढ्दै गएकाले थप एक साता अर्थात बैशाख २९ गतेसम्म निषेघाज्ञा गर्ने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गरेको छ ।

यो सँगै काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेघाज्ञा थपिएको छ । हाल उपत्यकामा विहान सात बजेदेखि ९ बजेसम्म मात्रै अत्यावश्यक समाग्रीको पसल खोल्न दिइएको छ ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।