काठमाडौं उपत्यकामा बैशाख २९ गतेसम्म निषेधाज्ञा

May 04, 2021 03:47 PM Merolagani



काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिने भएको छ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयले गत १६ गतदेखि निषेधाज्ञा घोषणा गरेका थिए ।

काठमाडौं उपत्यकामा दैनिक कोरोना संक्रमण उच्च गतिमा बढ्दै गएकाले थप एक साता अर्थात बैशाख २९ गतेसम्म निषेघाज्ञा गर्ने उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निर्णय गरेको छ ।

यो सँगै काठमाडौं उपत्यकामा थप कडाइका साथ निषेघाज्ञा थपिएको छ । हाल उपत्यकामा विहान सात बजेदेखि ९ बजेसम्म मात्रै अत्यावश्यक समाग्रीको पसल खोल्न दिइएको छ ।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।