निषेधाज्ञामा थप कडाइ: मास्क नलगाउनेलाई जरीवाना, घरबाहिर निस्किए कारबाही

May 04, 2021 04:44 PM Merolagani



काठमाडौं उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । एक साथ निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै कठाइ गरिने भएको हो ।

मंगलबार उपत्यकाका तीन ओटै जिल्लाका सीडीओकाे बैठकले अत्यावश्यक कामबिना बाहिर निस्किए कारवाही गरिने  निर्णय गरेको छ । 

निर्णय अनुसार मास्क नलागाइ हिडेको पाइएमा सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । त्यसैगरी बिनाकाम घरबाट बाहिर निस्कनेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय भएकाे छ ।

 विभिन्न बहानामा मनपरि हिँड्ने, मर्निङ र इभिनिङ वाकमा निस्कने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।