निषेधाज्ञामा थप कडाइ: मास्क नलगाउनेलाई जरीवाना, घरबाहिर निस्किए कारबाही

May 04, 2021 04:44 PM Merolagani



काठमाडौं उपत्यकाका तीन ओटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ । एक साथ निषेधाज्ञा लम्ब्याउने निर्णयसँगै कठाइ गरिने भएको हो ।

मंगलबार उपत्यकाका तीन ओटै जिल्लाका सीडीओकाे बैठकले अत्यावश्यक कामबिना बाहिर निस्किए कारवाही गरिने  निर्णय गरेको छ । 

निर्णय अनुसार मास्क नलागाइ हिडेको पाइएमा सय रुपैयाँ जरिवाना तिनुपर्ने भएको छ । त्यसैगरी बिनाकाम घरबाट बाहिर निस्कनेलाई संक्रामक रोग ऐनअनुसार कार्वाही गर्ने निर्णय भएकाे छ ।

 विभिन्न बहानामा मनपरि हिँड्ने, मर्निङ र इभिनिङ वाकमा निस्कने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।