तरलता टाइट नहुने र अन्य क्षेत्रमा अवसर नभएपछि लगानीकर्ता शेयर बजारमै होल्ड हुने क्रम बढ्यो

May 04, 2021 06:09 PM Merolagani

सुवास निरौला

धेरैजसो लगानीकर्ता शेयर बजारमा होल्ड हुन थालेकै कारण कारोबार रकम पनि बिस्तारै बढ्न थालेको छ।यस अघि कोभिड सकिएको र अन्य क्षेत्रमा पनि लगानीको वातावरण बन्दै जाँदा धेरै लगानीकर्ताले शेयर बजारको पैसा समेत अन्य क्षेत्रमा लैजान थालेका थिए।

तर पून कोभिडको दोस्रो लहरले मुलुक बन्दा बन्दीमा गएपछि लगानीकर्ता शेयर बजारमै होल्ड हुन थालेका हुन्। ‘यस अघि बिस्तारै कारोबार रकम घट्दै गएको स्थिति थियो। त्यसको प्रमुख कारण भनेको  अन्य क्षेत्रमा पनि बिस्तारै लगानीको वातावरण बन्दै गएको स्थिति थियो। जसले गर्दा शेयर बिक्री गरेर आएको रकम पनि अन्य क्षेत्र तर्फ मोडिँदै गएको स्थिति थियो। तर अब भने फेरि शेयर बिक्री गरेको रकम अन्य क्षेत्रमा जाने क्रम पनि रोकियो’ नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष भरत रानाभाटले मेरो लगानी सँग भने।

लगानीकर्ता शेयर बजारमा होल्ड मात्रै भएका छैनन्। अन्य क्षेत्रका लगानीकर्ता समेत शेयर बजारमा बिस्तारै आउन थालेपछि कारोबार रकममा समेत सुधार देखिन थालेको छ। मुलुक बन्दा बन्दीमा गएपछि अन्य क्षेत्रका लगानीकर्ता समेत लगानीको वातावरण खोज्दै बिस्तारै शेयर बजार तर्फ लम्किन थालेका हुन्।  

मुलुक बन्दा बन्दीमा गएपछि लगानीकर्ताले तरलता टाइट नहुने र ब्याजदर समेत नघट्ने अनुमान गर्न थालेका छन्। यस अघि बिस्तरै बैक वित्तीय संस्थामा तरलता घट्दै गएको थियो। तर यति बेला फेरि मुलुक बन्दा बन्दीमा गएपछि ऋणको माग कम हुने र त्यसले तरलता व्यापक बढ्दै जाने उनीहरूको अनुमान छ। तरलता बढ्दै गएपछि बैकहरुले शेयरमा ऋण बढाउने छन्। जसले शेयर बजारमा अधिक पैसा आउँदा बजारमा सकारात्मक प्रभाव पर्छ भन्ने उनीहरूको अनुमान हो। यी विविध कारणले शेयर बजारको लगानीकर्ताको मनोबल बढ्दा दैनिक कारोबार रकममा समेत सुधार देखिन थालेको बताइएको छ। ‘बैंकमा रहेको तरलता अलि अलि टाइट हुन खोजिरहेको थियो त्यो अब टाइट नहुने देखिएको छ।किनकि बन्दा बन्दीको बिचमा पैसा बाहिर नजाने देखिएको छ। अर्कोतर्फ तरलता पर्याप्त हुँदा ब्याजदर बढ्ने सम्भावना कम हुन्छ’रानाभाटले भने।

तरलता पर्याप्तता र ब्याजदर समेत नबढ्ने भएपछि एकातर्फ सस्तो ब्याजदरमा शेयर बजारमा पैसा आउने र अर्को तर्फ शेयर बजारको पैसा अन्य क्षेत्रमा नजाने र यही बजारमा घुमी राख्ने वातावरण शेयर बजारमा बन्दै गएको छ। अर्को तर्फ लगानीकर्ता यसै चुप लागेर बस्ने स्थिति हुँदैन। घर बसी बसी लगानी गर्ने क्षेत्र अहिलेलाई शेयर बजार मात्रै देखिदा कारोबारमा समेत सुधार हुँदै गएको हो। ‘बैकको तरलता पनि नघट्ने र शेयर बजारको पैसा पनि बाहिर नजाने भयो। शेयर बेचेको पैसा कहाँ लैजाने ? त्यो पैसा पून यही बजारमा घुम्ने भयो। फेरि घरमा बसेर के गर्ने ? सबैलाई लगानी गर्ने सजिलो माध्यम यही बनेको छ’ रानाभाटले भने। 

कोभिडको असर देखिन थाले यता कारोबार रकम घटेर तीन अर्बको लाइनमा झरेको थियो। तर सरकारले निषेधाज्ञा जारी गरेपछि शेयर कारोबार रकम बढेर सात अर्बको हाराहारीमा कारोबार हुन थालेको छ।कारोबार रकमले समेत बजारमा लगानीकर्ताको मनोबल बढ्दै गएको र कारोबारमा सुधार हुँदै गएको पुष्टि गर्दै लगेको हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।