नेपालमा काेराेना संक्रमितकाे संख्या हालसम्मकै उच्च, मृतक पनि अहिलसम्मकै धेरै

May 04, 2021 06:00 PM Merolagani



नेपालमा हरेक दिनजसो तिव्र गतिमा कोरोना संक्रमित तथा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ । मंगलबार नेपालमा सात हजार ६६० जना कोरोना संक्रमित थपिएका छन् ।

विगत २४ घण्टामा देशभरमा भएको १६ हजार ७०२ नमुना परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार १६ हजार १३१ आरटि पीसीआर परीक्षण र ५७१ एन्टिजेन परीक्षण भएको थियो ।

यसैगरी एक दिनमा कोभिड १९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५५ रहेको छ । यो एकदिनमा निधन हुने संक्रमितको संख्याका आधारमा हालसम्मकै धेरै हो । हालसम्म देशमा कुल तीन हजार २४१७ जना संक्रमितको निधन भइसकेको छ ।

सोहि अवधिमा संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या भने एक हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कुल संक्रमित हुनेको संख्या तीन लाख ५१ हजार पाँच र संक्रमण जित्नेको संख्या दुई लाख ८७ हजार ७९० रहेको छ ।

आज काठमाडौंमा दुई हजार ७७९ जना, ललितपुरमा ६०१ जना र भक्तपुरमा ५१३ जनामा संक्रमण पुष्टि भएको छ । यसरी उपत्यकामा एकैदिन तीन हजार ८९३ जना कोरोना संक्रमित थपिएका हुन् ।

हाल क्वारेन्टिनमा २५३ जना रहेका छन् । थपिने संक्रमितमध्ये सबैभन्दा धेरैे ३० देखि ३९ वर्षसम्मका एक हजार ९७४ जना र २० देखि २९ वर्षभित्रका एक हजार ८९२ जना रहेको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।