जनउत्थान सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

May 05, 2021 10:28 AM Merolagani

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था (JSLBB) को लाभांस सुरक्षित गर्ने बैशाख २२ गते बुधबार अन्तिम दिन रहेको छ।

लघुवित्तले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि बैशाख २३ गतेदेखि बुकक्लोज गर्ने भएकोले बैशाख २२ गतेसम्म कायम शेयरधनीले मात्रै लघुवित्तकाे लाभांश पाउनेछन्।


लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट ४९.४० प्रतिशतले हुन आउने ३ करोड ९१ लाख २४ हजार ८ सय रुपैयाँ बराबरको बोनस र २.६० प्रतिशत अर्थात २० लाख ५९ हजार २ सय रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव अनुमोदन गर्न बैशाख ३० गते साधारणसभा गर्दैछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।