होम डेलिभरी सेवालाई निषेधाज्ञामा नरोक्न इवानको माग, भन्छन्‘ मापदण्ड अपनाएर सञ्चालन गर्न दिनुपर्छ’

May 05, 2021 12:34 PM Merolagani

अनलाइन विजनेश सपिङ्ग पोर्टल तथा ई–कमर्श, होम डेलिभरी प्रदायकले निषेधाज्ञामा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन् ।

इकमर्श कम्पनीहरुको छाता संगठन ई–विजनेश एसोसिएसन नेपाल (इबान) ले निषेधाज्ञाको समयमा पनि सुरक्षित ई–कमर्स व्यवसायलाई नरोक्न सरकारसँग आग्रह गरेका हाे ।

पछिल्लो पुस्ताको भरपर्दो र प्रभावकारी अनलाइन सेवा, अन्तर्राष्ट्रिय प्रयोगलाई समेत ध्यानमा राख्दै लकडाउनमा सहज आपूर्तिको उत्तम विकल्पको रुपमा यस्तो सेवालाई निरन्तरता दिन इबानले माग गरेको हो । विविध शंकाको रुपमा होम डेलिभरी सेवामाथि धरकड नगर्न समेत इबानले माग गरेको छ ।

सस्तो डिलका संस्थापक आमुल थापाले सेवाप्रदायकहरुले सेवा सञ्चालन गर्न दिनुपर्ने माग राख्दै आएका छौं तर, सरकारले कुरा सुन्न नचाहेको जानकारी दिए । हामीले पटक पटक माग राख्दै आएका छौं की हामीलाई स्वास्थ्य मापदण्ड पालना गराएर सेवा सञ्चालन गर्न दिनुपर्छ’ ।

गत वर्ष लकडाउनका बेलामा विभिन्न बहानामा होम डेलिभरी सेवामा खटिएका कर्मचारीहरूमाथि सुरक्षा निकायले ज्यादती गरेको भन्दै इबानले यसपटक त्यस्तो नगर्न अपिल गरेको छ । 

इबानले सबै ई–व्यापार र विशेष गरी ई–कमर्श र होम डेलिभरी कम्पनीहरुको प्रतिनिधित्व सहित गतसाता उच्च सुरक्षा नीति सुनिश्चित गर्दै समग्र होम डेलिभरी कसरी गर्ने भन्नेबारे योजनासहित कोभिड–१९ क्राईसिस् म्यानेजमेन्ट सेन्टर (सीसीएमसी), काठमाडौं जिल्ला प्रमुख (सीडीओ) र अन्य मन्त्रालयहरुमा समेत ज्ञपनपत्र बुझाइसकेको छ ।

निषेधाज्ञाको समयमा यस्तो सेवाले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहयोग पुर्याउनुका साथै आम उपभोक्ताको आवश्यकता सहज परिपूर्तिमा समेत सहयोग पुग्ने इबानले बताएको छ ।

लकडाउन अघि मापदण्ड बनाउदै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होम डेलिभरी सेवा स्वास्थ्य मापदण्ड अपनाउदै सञ्चालन गर्न पाउने बताएको थियो । तर, प्रहरी र प्रसासनको समन्वय नहुँदा होमडेलिभरी सेवा प्रभावित बन्न पुगेको छ ।

प्रहरीले पछिल्लो अध्याधिक धडपकड गर्न थालेपनि हाललाई सेवा बन्द गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।