एकैदिन साढे आठ हजार भन्दा धेरैमा काेराेना संक्रमण पुष्टि, मृतकको संख्या ५८

May 05, 2021 04:41 PM Merolagani



नेपालमा एकैदिन हालसम्मकै धेरै संख्यामा कोरोना संक्रमित थपिएका छन् । बुधबार देशभरमा आठ हजार ६५९ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्तालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २४ घण्टामा भएको कुल २१ हजार ३७२ परीक्षण भएकोमा सो संख्यामा कोरोना पुष्टि भएको हो । सोहि अवधिमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ रहेको छ । मृतकको संख्या यो हालसम्मकै धेरै हो ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका तीन हजार ८४९ जना, ललितपुरका ५१८ जना र भक्तपुरका ४५८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसरी एक दिनमा नै काठमाडौं उपत्यकामा तीन हजार ८८५ जनामा कोभिड १९ पुष्टि भएको छ।

यसैगरी २४ घण्टामा कोरोना मुक्त हुने एक हजार ९९३ जना छन् भने क्वारेन्टिनमा ३८१ जना छन् । मन्त्तालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ । तीमध्ये संस्थागत आइसोलेसनमा चार हजार ७६४ जना र होम आइसोलेसनमा ६१ हजार ५८८ जना छन् । यस्तै आईसीयूमा उपचाररत ६०० जना र भेन्टिलेटरमा हुने संक्रमितको संख्या १५६ रहेको मन्त्रालयका प्रवक्ताले जनाएका छन् ।




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।