१० कम्पनीको शेयर मूल्य बढ्दा नेप्से २,६०० माथि पुगेको हो अरु कम्पनीको मूल्य बढ्न बाँकी नै छः अध्यक्ष रौनियार

May 06, 2021 09:11 AM merolagani

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले १० कम्पनीको शेयर मूल्य बढ्दा नेप्से २६०० माथि पुगेको बताएका छन् । अन्य कम्पनीको शेयर मूल्य खासै नबढेकोले अब ती कम्पनीको शेयर मूल्य बढ्ने पालो आएको उनको भनाइ छ ।

१० वटा कम्पनीको शेयर मूल्य बढ्दा करिव १,००० अकं नेप्से बढ्ेकाले पूँजी बजार बढेको देखिएको रौनियारले बताए । उनले मेरोलगानीसँगको कुराकानीमा भने, ‘अरु कम्पनीको शेयर मूल्य बढ्दा नेप्से अझै माथि जाने निश्चित छ ।’ तर, कति पुग्छ भन्ने बारेमा भने भन्न चाहेनन् ।

अहिले नेपाल इन्फास्टक्चर बैंक, चन्दागिरि हिल्स, बिशाल बजार कम्पनी, नेपाल टेलिकम, साल्ट टेडिड., शिब्म सिमेन्ट, अपर तामाकोशी, पुर्नबीमा कम्पनी, हिमालय डिष्टिलरीलगायतका कम्पनीको शेयर मूल्य बढेका कारण नेप्से २,६०० मथि पुगेको पनि बताए । यी कम्पनीको शेयर मूल्य बढेका कारण नेप्सेमा सुधार आएको हो । तर, अन्य कम्पनीहरु नेप्से १८८१ अंक हुँदा जुन मूल्यमा पुगेका थिए । त्यो मूल्यमा पनि नपुगेको उनको तर्क छ ।

अहिले कोरोना भाइरसको महामारीको समयमा पनि नेप्सेमा १०,१५ अंकको मात्र करेक्सन आउनुलाई रौनियारले बजार बलियो भएको संकेत रुपमा लिएका छन् । ‘पूँजी बजार परिपक्क नहुदो हो त अहिलेको परिस्थितिमा बजार घटेर कहाँ पुग्थ्यो,’ उनले भने, ‘यस्तो समयमा पनि पूँजी बजार धेरै ओरालो नलाग्नु भनेको बजार बलियो भएको संन्देशको रुपमा लिनुपर्छ ।’

पछिल्लो समय पूँजी बजार सुधारका कार्यक्रम भएकाले पनि बजार परिपक्क भएको रौनियारको भनाइ छ । अनलाइनबाट नै शेयर खरिद बिक्री गर्न सकिने भएकाले पनि पूँजी बजारमा लगानी गर्न सहज भएको उनको तर्क छ ।

अहिले दैनिक ५,७ अर्बको शेयर कारोबार हुँदै आएकोमा यो वर्ष अर्थात २०७८ भित्र दैनिक २० अर्बको कारोबार हुने ठोकुवा पनि उनले गरे । ‘विदेशमा रहेका गैर आवासीय नेपालीले आफ्ैले लगानी गर्न नपाएपनि उनीहरुका परिवारको नाममा शेयर खरिद बिक्री गर्ने क्रम बढेकाले पनि शेयर किनबेच बढेको हो,’ उनले भने, ‘नेपाल सरकारले उनीहरुलाई पनि शेयर बजारमा भित्र्याउनका लागि बाटो खुला गरिदिने तयारीमा रहेको छ, त्यसरी लगानी गर्न पाउने हो भने बजार अझै माथि पुग्ने छ ।’

गैर आवासीय नेपालीले नेपालमा रहेका आफन्त अर्थात श्रीमति अर्कैसँग हिडिदिने, दाई तथा भाइले सम्पत्ति हडप्ने लगायतका केही बिकृति भएका कारण पनि शेयर बजारमा सोचे जति लगानी गर्न नपाएको दुखेसो पनि उनीहरुले आफूसँग पोख्ने गरेको रौनियारले बताए ।

यता, बैंकहरुले पनि शेयर बजारमा अझै १ खर्ब २० अर्ब लगानी गर्न सक्छन् । ‘अहिलेसम्म बैंकहरुले शेयर बजारमा ८० अर्ब लगानी गरिसकेका छन्,’ उनले भने, ‘केन्द्रीय बैंकले २ खर्बसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । अझै बैंकहरुले १ खर्ब २० अर्ब लगानी गर्न सक्ने भएकाले पनि शेयर बजारमा लगानी बढ्ने आकंलन गरिएको छ ।’

अर्कोतिर, सरकारले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसलाई रोक्नका लागि निषेधाज्ञा जारी गरेको छ । यस्तो परिस्थितिमा अन्य क्षेत्रमा ऋण प्रवाह हुन सक्ने सम्भावना कम छ । त्यसैले पनि त्यस्तो रकम शेयर बजारमा आउने भएकाले पनि शेयर बजार अझै माथि जाने अपेक्षा आफूले गरेको पनि रौनियारले बताए ।

बैंकले मार्जिन कर्जाको ब्याजदर अहिले पनि एकल अंकमा रहेको र त्यस्तो ब्याजदर अझै घटने सम्भावना भएकाले पनि शेयर बजार लगानीको उपयुक्त थलो बनेको पनि उनले प्रष्ट पारे । ‘अहिले पनि बैंकहरुले ७, ८ प्रतिशत ब्याजदरमा ऋण दिइराखेका छन्,’ रौनियारले भने, ‘त्यो भन्दा पनि कममा ब्याज पाउने सम्भावना पनि देखिएको छ ।’

त्यसैगरी, यो आर्थिक वर्षको कम्पनीले दिने लाभांश पाउन करिव ३ महिना मात्रै भएकाले पनि त्यो लाभांश प्राप्त गर्न पनि शेयरमा अहिले लगानी गर्ने लगानीकर्ता बढेको खुलासा पनि उनले गरे । ‘एक वर्षको ब्याज तिर्नु पर्नेमा अरुले नै ९ महिनाको ब्याज तिरिसकेका छन्,’ रौनियारले भने, ‘अब ३ मनिाको मात्र ब्याज तिर्दा मात्रै पनि एक वर्ष दिने लाभांश हात पार्न सकिन्छ ।’

बैंकको ब्याज अझै घट्ने सम्भावना रहेको र आम नागरिकको ‘साइकोलोजी’ पनि शेयर बजारप्रति सकारात्मक रहेकाले शेयर बजार अझै सुधार हुने अपेक्षा गरेको पनि उनले बताए । यति हुँदा हुँदै पनि सचेत भएर लाभांश दिँदै आएका कम्पनीको वित्तीय विवरण हेरेर लगानी गर्न पनि नयाँ लगानीकर्तालाई सुझाव दिए ।

धितोपत्र बोर्डको १० कित्ते नीतिले पूँजी बजार विस्तार र विकासमा सहयोग पुगेको पनि रौनियारले बताए । यस्तो नीति ल्याउनका लागि इन्भेष्टर्स फोरमलगायतका संगठनहरुले दबाब दिएकाले पनि यस्तो नीति ल्याउन सकिएको ठोकुवा पनि उनले गरे । पछिल्लो समय पूँजी बजार सुधारका कार्यक्रम भएकाले पनि शेयर बजार सुधार भएको पनि रौनियारले प्रष्ट पारे ।

सरकार परिवर्तन भएपनि वा यही सरकारले निरन्तरता पाएपनि शेयर बजार प्रतिकुल हुने नीति ल्याउन नसक्ने ठोकुवा पनि उनले गरे । ‘प्रधानमन्त्री वा अर्थमन्त्री जो कोही आउन अब कसैले पनि शेयर बजार प्रतिकुल हुने गरी नीति ल्याउन सक्ने सम्भावना छैन्,’ उनले भने, ‘प्रत्येक नागरिकको हातमा शेयर पुग्दै छ, ती नागरिकलाई चिढाउने गरी कुनै नीति ल्याउन सक्ने सम्भावना नै हुँदैन् ।’

सुरुमा शेयर बजार विकास र बिस्तारका लागि काम गर्दा कुनै पार्टीको नेताको आरोप लगाउने गरेकोमा भने उनले दुखेसो पोखे । ‘शेयर बजार विकास र विस्तारका लागि लाग्दा धेरै आरोप सहनु पर्यो,’ उनले दुखेसो पोख्दै भने, ‘शेयर बजारको सुधार मेरो लागि मात्र थिएन्, सबै नागरिकका लागि थियो । अहिले त्यो पुष्टि भएकोमा खुशी लागेको छ ।’

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।