Sat, Feb 21, 2026
प्रभु इन्स्योरेन्स (PRIN) को लाभांश सुरक्षित गर्ने बिहिबार अन्तिम दिन रहेको छ। लाभांश वितरण तथा साधारणसभा प्रयोजनको लागि कम्पनीले बैशाख २६ गतेदेखि बुकक्लोज गर्ने भएकोले बिहीबारसम्म कायम शेयरधनीले मात्रै इन्स्योरेन्सले वितरण गर्ने लाभांश पाउनेछन्।
इन्स्योरेन्सले १० प्रतिशत अर्थात १० करोड ६५ लाख २७ हजार रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशतले हुन आउने ५५ लाख ५९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न जेठ ६ गते साधारणसभा आह्वान गरेको छ।
फागुन ४ गते, सोमबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार रुपैयाँले घटेको छ भने चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो ।