जनउत्थान सामुदायिक लघुवित्तको शेयरमूल्य समायोजन

May 06, 2021 09:32 AM Merolagani



जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) को बैशाख २३ गते बिहीबार नेपाल स्टक एक्चेञ्जमा शेयरमूल्य समायोजना भएको छ।

लघुवित्तलले ४९.४० प्रतिशत बोनश शेयर वितरणको लागि बिहीबार बुकक्लोज गरेसँगै नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको छ।

नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ३ हजार ६११ रुपैयाँ कायम गरेको छ यहि मूल्यमा आधारित रहेर बिहीबार लघुवित्तको शेयर कारोबार खुल्नेछ।

बुधबार लघुवित्तको शेयर ५ हजार ३९५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।