निर्धन उत्थान लघुवित्तको खुद नाफा ५१ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

May 06, 2021 12:10 PM Merolagani

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड (NUBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको यसै अवधिमा ५१.०५ प्रतिशतले बढेर ७१ करोड ४८ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तको खुद नाफा ४७ करोड ३२ लाख रुपैयाँ रहेको थियो ।

यस अवधिमा लघुवित्तले १५ अर्ब ३८ करोड ३२ लाख रुपैयाँ निक्षेप र ६ अर्ब ७३ करोड ९१ लख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट सापटी लिएर २४ अर्ब २७ करोड ८१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

त्यसबाट कम्पनीले एक अर्ब ५९ करोड ५३ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । यस अवधिमा लघुवित्तको खुद व्याज आम्दानी ३५.९८ प्रतिशतले बढेपनि सञ्चालन मुनाफा भने १२.३५ प्रतिशतले घटेर ६५ करोड ६९ लाख रुपैयाँमा सिमित भएको छ ।

चुक्ता पूँजी १ अर्ब ६९ करोड ५० लाख रुपैयाँरहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ सञ्चित रहेको छ ।

चैत मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५६ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ७८ पैसा र मूल्य आम्दानी अनुपात ३३.२४ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।