थोक कर्जा प्रवाह गर्ने चार लघुवित्तले कस्तो गरे तेस्रो त्रैमासमा प्रगति ?

May 07, 2021 02:20 PM Merolagani

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा थोक कर्जा प्रवाह गर्ने चारवटै लघुवित्तले नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेका छन्।थोक कर्जा प्रवाह गर्ने लघुवित्तहरुको नाफामा कोभिडको खासै ठुलो असर परेको देखिदैन तर लघुवित्त कम्पनीहरुको खराब कर्जा भने केही बढेको वित्तीय विवरणमा देखिन्छ।

 

  • आरएसडिसि लघुवित्तको नाफाको बृद्धिदर सबैभन्दा धेरै

चैत मशान्तसम्ममा साना किसान लघुवित्तको नाफा सबैभन्दा धेरै रहेको देखिएको छ तर नाफाको बृद्धिदरमा भने आरएसडिसि लघुवित्त अगाडि देखिन्छ। लघुवित्तले यस अवधिमा ४० प्रतिशतले नाफा बढेको विवरण सार्वजानिक गरेको छ।

साना किसान लघुवित्तले यस अवधिमा ४६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ जुन थोक कर्जा प्रवाह गर्ने चार लघुवित्तमध्ये सबैभन्दा धेरै हो।

यस अवधिमा फस्ट माइक्रोफाइनान्सको नाफा सबैभन्दा कम छ।

  • खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सामान्य बृद्धि

गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यी लघुवित्त कम्पनीहरुको खुद ब्याज आम्दानी सञ्चालन नाफा दुबैमा सामान्य बृद्धि देखिन्छ।

यस अवधिमा फस्ट माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी सबैभन्दा धेरै ३४ प्रतिशतले बढेको छ भने साना किसान लघुवित्तको सबैभन्दा कम १४ प्रतिशतले बढेको छ।

त्यस्तै सञ्चालन आम्दानी भने आरएसडिसि लघुवित्तको सबैभन्दा धेरै २४ पतिशतले बढेको छ भने साना किसान लघुवित्तको ६ प्रतिशतले मात्रै बढेको छ।

  • चुक्ता पूँजी र जगेडामा साना किसान लघुवित्त अगाडि

चालु आर्थिक वर्षको चैत मशान्तसम्ममा चुक्ता पुँजी र जगेडा कोषमा साना किसान लघुवित्त नै अगाडि देखिएको छ।

यस अवधिमा उसको चुक्ता पूँजी १ अर्ब २५ करोड रुपैयाँ कायम भउको छ भने जगेडा कोषमा २ अर्ब १८ करोड छ।

चुक्ता पूँजी र जगेडामा आरएसडिसि लघुवित्त सबैभन्दा पछाडि छ।

 

  • फस्ट माइक्रोफाइनान्सको कर्जाको बृद्धिदर सबैभन्दा धेरै

चालु आर्थिक वर्षको ९ महिनामा फस्ट माइक्रोफाइनान्सको कर्जाको बृद्धिदर सबैभन्दा धेरै देखिएको छ। उसले यस अवधिमा कर्जा लगानी ४८ प्रतिशतले बढाएको छ।

यस अवधिमा साना किसान लघुवित्तको कर्जाको बृद्धिदर सबैभन्दा कम छ।

  • साना किसान लघुवित्तको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ सबैभन्दा धेरै

चैत मशान्तसम्ममा साना किसान लघुवित्तको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ सबैभन्दा धेरै रहेको देखिएको छ। यद्यपि गत आर्थिक वर्षको तुलनामा भने उसको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ दुबै घटेको छ।

साना किसान लघुवित्तको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ५७ पैसा रहेको छ।

आएसडिसि लघुवित्तको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ सबैभन्दा थोरै क्रमशः १३ रुपैयाँ ९ पैसा र ११८ रुपैयाँ ९८ पैसा छ।

  • तीन लघुवित्तको खराब कर्जा बढ्यो

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा फस्ट माइक्रोफाइनान्स बाहेक तीनवटै लघुवित्तको खराब कर्जा भने केही बढेको छ।

यस अवधिमा साना किसान लघुवित्तको खराब कर्जा सबैभन्दा धेरै ०.८ प्रतिशत छ भने आएसडिसि लघुवित्तको ०.४ प्रतिशत र आरएमडिसि लघुवित्तको ०.०५ प्रतिशत छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।