ग्रामिण विकास लघुवित्तको नाफामा राइट ब्याकको टेवा, खराब कर्जा घट्यो

May 07, 2021 10:21 AM Merolagani

ग्रामिण विकास लघुवित्त (GBLBS) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा उल्लेख्य नाफा बढेको वित्तीय विवरण सार्वजानिक गरेको छ।

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले चालु आर्थिक वर्षको सोही अवधिमा २८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ४५७.२३ प्रतिशतले धेरै हो।

लघुवित्तको नाफामा राइट ब्याक र सञ्चालन आम्दानीको टेवा देखिन्छ। उसको खुद ब्याज आम्दानी पनि बढेको छ।

लघुवित्तको निक्षेप ९ प्रतिशत र कर्जा १८ प्रतिशतले बढेको छ। खराब कर्जामा पनि उल्लेख्य सुधार गरेको देखिन्छ। उसको खराब कर्जा ७ प्रतिशतबाट घटेर ३ प्रतिशतमा झरेको छ।

९८ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ६ रुपैयाँबाट बढेर ३८ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७६ रुपैयाँ छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।