जेफ बेजोसकाे कम्पनी जुलाई २० देखि अन्तरिक्ष जाने तयारी, एक सिटकाे यस्ताे छ मूल्य

May 07, 2021 11:47 AM Merolagani

अमेजनका सीइओ तथा अर्बपति जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनले जुलाई २० देखि अन्तरिक्ष जाने तयारी गरिरहेको छ। कम्पनीले आफ्नो नयाँ शेफर्ड विमानको पहिलो उडानका लागि ६ सिटको लिलामी शुरु गर्दैछ ।

पहिलो उडान अन्तर्गत लिलामीमा यात्रुहरुलाई ११ मिनेटको यात्राकालागि एक सिट दिइनेछ र उनीहरुले विश्वबाट १०० किलोमिटर माथि अन्तरिक्षमा जाने मौका पाउनेछन् ।

ती यात्रीहरुले चार दिनको अनुभव प्राप्त गर्नेेछन् । जसमा उडानभन्दा तीन दिन पहिले प्रशिक्षण हुनेछ जुन टेक्सासस्थित कम्पनीको लंच साइटमा दिइनेछ । कम्पनीको न्यू शेफर्ड रकेट एण्ड क्याप्सूल कम्बो एकैसाथ ५ यात्रुहरु अन्तरिक्षमा लैजाने गरि डिजाईन गरिएको छ जहाँ यात्रुहरुलाई भारी महसुस हुनेछैन । यस क्याप्सूलमा लगाइएको ६ अब्जर्वेशन विंडो बोइंग ७४७ करिब तीन गुणा ठुलो हुनेछ ।

पाँच साताको अनलाईन लिलामीबाट पाइने रकम कम्पनीको परोपकारी संस्थालाई दिइनेछ जस अन्तर्गत गणित र विज्ञानसम्बन्धित शिक्षालाई प्रोत्साहन दिइनेछ । चन्द्रमामा मानिसको पहिलो पाइला सन् १९६९ जुलाई २० मा राखिएको थियो । कम्पनीले यसको ५२ औं वार्षिकोत्सव मनाउनकालागि उक्त मिति तय गरेको हो ।

कैयौं निजी कम्पनीहरु प्रतिस्पर्धामा

अन्तरिक्ष घुमाउनकालागि केवल ब्लू ओरिजिन मात्र निजी कम्पनी रहेको छैन । एलन मस्कको स्पेस एक्सप्लोरेशन टेक्नोलोजिज कर्पोरेशन र रिचर्ड ब्रनसनको भर्जिन ग्यालेक्टिक होल्डिंग्स इंक पनि अन्तरिक्ष यात्रीहरुलाई आकर्षित गर्न प्रतिस्पर्धामा रहेका छन् ।

बेजोसले अप्रिल १४ मा परीक्षण उडानपछि सामाजिक संजालमार्फत ब्लू ओरिजिनले छिट्टै नै यात्रुहरुलाई अन्तरिक्षमा लैजाने संकेत दिएका थिए । ब्लू ओरिजिनका निर्देशक एरियन कर्नेलले १५ रकेटको परीक्षण उडान र १६ क्याप्सूलको ल्याण्डिंगको निरिक्षणपछि अन्तरिक्षमा जानकालागि तयार भएको जानकारी दिएका थिए ।

दुई लाख डलर बराबरकाे एक सिट

यस क्याप्सूलको झ्यालबाट विश्व र अन्तरिक्षको दृश्यावलोकन गर्न सक्नेछन् । जुलाईमा यस उडानपछि कम्पनीले आउँदा दिनमा पनि अन्तरिक्ष यात्रा जारी राख्ने बताएको छ । यद्यपी यस यात्राको टिकटको वास्तविक मूल्यका बारेमा जानकारी दिइएको छैन । तर रोयटर्सका अनुसार अन्तरिक्ष उडानकालागि दुई लाख डलर तिर्नुपर्ने हुनसक्छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।