सञ्चालन मुनाफा ऋणात्मक रहेको नेपाल एग्रोको नाफालाई राइट ब्याकको टेवा

May 07, 2021 12:35 PM Merolagani

इन्फिनिटी लघुवित्तसँग विलय हुन लागेको नेपाल एग्रो लघुवित्त(NAGRO)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार लघुवित्तको सञ्चालन मुनाफा नोक्सानीमा भएतापनि खुद नाफामा सुधार भएको देखिन्छ ।

समीक्षा अवधिमा लघुवित्तले दुई करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा २४५.५७ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तको खुद नाफा ६८ लाख रुपैयाँमा सिमित थियो ।

सञ्चालन मुनाफा ऋणात्मक भएतापनि राइट ब्याकको टेवा पाउदा लघुवित्तको खुद नाफामा बढोत्तरी भएको हो । यस अवधिमा लघुवित्तको सञ्चालन नाफा ४ करोड २१ लाख रुपैयाँले नोक्सानीमा छ भने ७ करोड ९१ लाख रुपैयाँ राइट ब्याक भएको छ ।

यस अवधिमा लघुवित्तले ५ करोड ११ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७६.५३ प्रतिशतले धेरै हो । लघुवित्तको निष्कृय कर्जा अनुपात १.५७ प्रतिशतबाट बढेर २.०१ प्रतिशतमा पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार भएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ९५ पैसाले बढेर ५४ रुपैयाँ ८१ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ६.५६ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।