सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

May 07, 2021 12:36 PM Merolagani

सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को बोनस शेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १० लाख ७७ हजार ५६९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५७६ को मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५.५३ प्रतिशत नगद लाभांश गरी १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । शेयरधनीलाई वितरण गरिएको उक्त बोनस शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको हो ।

बोनस वितरणपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

नेप्सेमा सूचीकृत बोनस शेयर, शेयरधनीको डिम्याट खातामा आएपनि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।