यस्ता छन् नेपालमा कम मूल्यमै पाइने उत्कृष्ट स्मार्टफोन, कुनको मूल्य कति?

May 08, 2021 01:57 PM Merolagani



पछिल्लो समय सबै गतिविधि अनलाइन मार्फत नै भइरहेको छ। कोरोना भाइरसको कारण सबै धरभित्रै भइरहेको अवस्थामा स्मार्टफोन अपरिहार्य नै भइसकेको छ।

अर्को तर्फ विभिन्न शैक्षिक संस्थाहरुले पनि पूर्णरुपमा अनलाइनको माध्यमबाट पढाउन थालिसकेका छन्। नेपालमा वार्षिक २० अर्बभन्दा बढीको मोबाइल फोन नै भित्रने गरेको तथ्याङ्कले देखाएको छ।
अहिले झन् कोरोना भाइरसका कारण मोबाइल तथा ल्यापटपको प्रयोग ह्वातै बढेको छ। तर, ग्राहकले आवश्यक्ता हेरेर मोबाइल खरिद गर्ने गर्छ।

मोबाइल व्यवसायीहरुका अनुसार पछिल्लो समय १५ हजारदेखि ३० हजारसम्मका मोबाइल बढी बिक्री हुने गरेका छन्।

यदि तपाई कम मुल्यमै वेस्ट स्मार्टफोनको खोजिमा हुनुहुन्छ भने यी मोबाइल तपाईंका लागि उपयुक्त हन सक्छन्।

सामसङ ग्यालेक्सी ए २०

कम मुल्यमा पाईने मध्येको उत्कृष्ट स्मार्टफोनको सूचीबाट सामसङ ग्यालेक्सी ए २० लाई छुटाउनै मिल्दैन।

३२ जिबीको ईन्टरनल स्टोरेज मात्र १८ हजार ४ सय ९० मा पाईने यस स्मार्टफोनमा आर्कषक ६.३ ईन्चको डिस्प्ले स्क्रिन रहेको छ। १५०० एमएचको यसको ब्यट्रि दुईदिनसम्म टिक्ने सामसङ दाबी गर्दछ।

रेडिमी नोट ७

६.३ आईपिएस एलसिडी स्क्रिन सहित १००० X २३४० पिक्सेल सहितको रिजोलुसन भएको रेडिमी नोट ७ कम बजेटमा पाईने अर्को आर्कषक स्मार्टफोन हो।

३ जिबी र्याम र ३२ जिबी ईन्टरनल स्टोरेज सहित यो बजारमा उपल्ब्ध छ। यसमा पछाडी ४८ मेगापिक्सलको प्राईमेरी क्यामरा र ५ मेगा पिक्सलको डेप्थ सेन्सर क्यामरा गरेर दुईवटा क्यामरा रहेको छ। साथै यसमा १३ मेगापिक्सलको सेल्फी क्यामरा पनि रहेको छ।

सामसङ ग्यालेक्सी ए २० एस

पछिल्लो समय सामसङको ग्यालेक्सी ए २० एस कम बजेटमा किन्न सकिने मध्येको बेस्ट स्मार्टफोन मध्ये एक हो। ६.५ ईन्चको एचडी डिस्पले भएको यस स्मार्टफोन पछाडी तीन वटा क्यामरा १३ मेगापिक्सलको प्राईमेरी सेन्सर, ८ मेगापिक्सलको अल्ट्रा वाईड सेनसर र ५ मेगा पिक्सलको डेप्थ सेन्सर) रहेको छ।

यस अघिको ए २० मा भने मात्र दुई वटा क्यामरा रहेको थियो। ४ हजार एमएचको ब्याट्री सहित निकै छिटो चार्ज हुने यसको विशेषता हो। यसमा १.८ जिएचजेडको अक्टा कोर प्रोसेसर र ४ जिबीको र्याम राखिएको छ।

साओमीको रेडिमी वाई ३

साओमीको रेडिमी वाई ३ को स्क्रिन ६.२ ईन्चको रहेको छ भने २.५ डि को कर्भड ग्लास र स्क्रयाच हुनबाट जोगाउनको लागि क्वरनिङ गोरीला ग्लास ५ को प्रयोग गरिएको छ।

यसमा ३ र ४ जिबीको र्याम प्रयोग गरिएको छ। यसको पछाडी १३ मेगापिक्सल र २ मेगापिक्सलको दुईवटा क्यामरा रहेको छ। यसको ब्याट्रि पनि ४००० एमएचको रहेको छ।

साओमी एमआई एटुलाइट

साओमी एटुलाइट आकर्षक फिचर सहितके उत्कृष्ट फोन हो। यसमा भएको २ वटा ब्याक क्यामेरा पनि पर्दछ।

अझै यसमा भएको स्नेपड्रेगन ६२५ यसको अर्को मुख्य आकर्षण हो। यसमा ३ जिबी र्याम तथा ३२ जिबी एक्सपानडेबल स्टोरेज क्षमताका साथै ४००० एमएएच ब्याट्री पावर रहेको छ।

सामसङ ग्यालेक्सी एमट्वान्टी

सामसङ ग्यालेक्सी एम २० पनि कम मूल्यमै पाइने मोबाइल हो। ६.३ इन्चको आकर्षक डिस्प्ले भएको यस मोबाइलको टपमा सानो वाटरड्रप नच रहेको छ।

यसमा ३ जिबीको र्याम तथा ३२ जिबीको एक्सपानडेबल स्टोरेज क्षमताको साथै ५००० एमएएच ब्याट्री पावर रहेको छ। यसले फास्ट चार्ज पनि सर्पोट गर्दछ।

रेड्मी नोट ८

रेड्मी रेडमी नोट ८ कम कम मूल्यमै बजारमा उपलब्ध हुने उत्कृष्ट फोन हो। रेड्मी नेपालमा नोट ७ सिरिजबाट लोकप्रिय भएको हो। हेर्दा निकै आर्कषक देखिने यो स्मार्टफोन अगाडी र पछाडी दुवै भाग ग्लासले बनेको छ।

६.३ एपिएसको एलसिडी डिस्प्ले, १०८० X २३४० का पिक्सेलको एचडी रिजोलुसन, क्वालिटीको भिडियो, ४८ मेगापिक्सलको ४ वटा क्यामरा, सेल्फीको लागि यसमा १३ मेगापिक्सलको क्यामरा जस्ता फिचर राखिएका छन्।

४ जिबी र्यामको प्रयोग गरिएको यो फोनमा ब्याट्रि पनि ४ हजार एमएचका राखिएको छ। नेपाली बजारमा यो फोनको मुल्य २३ हजार ९ सय तोकिएको छ।

यस्ता छन् कम मूल्यमा पाइने स्मार्टफोन :

साओमी रेडमी नोट ८
६४ जिबी–                       १८,९९९
१२८ जिबी–                       २३,९९९

सामसङ ग्यालेक्सी ए २० एस १९,९९०
रेडिमी नोट ७                     १९,९९९

सामसङ ग्यालेक्सी ए           २० १९,४९०
साओमीको रेडिमी वाई ३      १७,९९९
साओमी एमआई एटुलाइट    १९,९९९

सामसङ ग्यालेक्सी एमट्वान्टी   १८,४९०
भिभो वाई ३०                       २४४९०
रेडमी नोट ९                       २४९००




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।