२४ घण्टामा देशभरमा ८,८५० जनामा कोरोना संक्रमण पुष्टि, ८८ जना संक्रमितको निधन

May 09, 2021 04:56 PM Merolagani



नेपालमा दिनानुदिन बढिरहेको कोरोना संक्रमितको संख्या आइतबार आठ हजार ८५० नाघेको छ । पछिल्लो २४ घण्टामा देशभरमा ८८ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

२४ घण्टामा ५४ जनाले ज्यान गुमाएको र विभिन्न मितिमा दर्ता नभएका अन्य २६ जना गरी सो संख्या पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

आज थपिएका संक्रमितमध्ये काठमाडौंका तीन हजार १६१ जना, ललितपुरका ५३३ जना र भक्तपुरका ५०४ जना रहेका छन् । यसरी आइतबार उपत्यकामा कुल चार हजार १९८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत एक दिनमा कोरोना मुक्त हुने चार हजार २२ जना रहेका छन् । यसैगरी १८ हजार ८७८ पीसीआर परीक्षण र ५०६ एन्टिजेन परीक्षण गरिएकाे थियाे । 

हाल देशभरमा कुल ८८ हजार १६० जनामा संक्रमण सक्रिय रहेको छ । संस्थागत आइसोलेसनमा ६ हजार ७३० जना र होम आइसोलेसनमा हुनेको संख्या ८१ हजार ४३० रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

यसैगरी एक दिनमा क्वारेन्टिनमा हुनेको संख्या ४१९ , आईसीयूमा हुनेको ८३२ र भेन्टिलेटरमा २६६ छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।