बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किन्न नपाउने, किनेकाे पनि पुस मसान्तभित्र बिक्री गरिसक्नु पर्ने

May 25, 2021 04:20 PM merolagani



नेपाल राष्ट्र बैंकले लघुवित्तको शेयर मूल्य उच्च दरले बढेपछि त्यसलाई नियन्त्रण गर्नका लागि बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किन्न नपाउने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने व्यवस्था गरेको हाे ।

केन्द्रीय बैंकले यसअघि शेयर खरीद गरेको भए आगामी पुस मसान्तभित्र बिक्री गरिसक्न निर्देशन दिएको छ । लघुवित्तको शेयरमा कर्नरिङ गर्दै मूल्य बढाइएको पाइएपछि यस्तो कदम चालेको केन्द्रीय बैंकको भनाइ छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।