बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किन्न नपाउने, किनेकाे पनि पुस मसान्तभित्र बिक्री गरिसक्नु पर्ने

May 25, 2021 04:20 PM merolagani



नेपाल राष्ट्र बैंकले लघुवित्तको शेयर मूल्य उच्च दरले बढेपछि त्यसलाई नियन्त्रण गर्नका लागि बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयर किन्न नपाउने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संसोधन गर्दै बैंक तथा वित्तीय संस्थालाई बमोजिम विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने व्यवस्था गरेको हाे ।

केन्द्रीय बैंकले यसअघि शेयर खरीद गरेको भए आगामी पुस मसान्तभित्र बिक्री गरिसक्न निर्देशन दिएको छ । लघुवित्तको शेयरमा कर्नरिङ गर्दै मूल्य बढाइएको पाइएपछि यस्तो कदम चालेको केन्द्रीय बैंकको भनाइ छ ।




कुन हाइड्रोपावर के फन्डाले बढिरहेको छ ?

Jun 24, 2025 06:21 AM

सोमबार नेप्सेमा ६ अर्ब ४७ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर कम्पनीको मात्रै ४ अर्ब ३३ करोड भन्दा बढी रुपैयाँको शेयर कारोबार भयो । यो भनेको झन्डै ६७ प्रतिशत हो ।