ज्योति लाइफको स्मार्ट एप्समा सुबिधा थप्यो

Jun 02, 2021 06:37 PM Merolagani



ज्योति लाइफ इन्स्योरेन्सले स्मार्ट एप्समा सुविधा थप गरेको छ । कम्पनीले जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु एप्समा लग ईन गरेपछि प्राप्त गर्न सकिने सुविधा थप गरेको हो ।

यस्तै कम्पनीद्धारा जारी गरिएका अन्य आवश्यक सुचनाहरुको नोटिफिकेशन अलर्ट समेत प्राप्त गर्न सकिन्छ । यसका साथै अभिकर्ताहरुले पनि आफुले बिक्रि गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र ब्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी पाउन सकिन्छ ।

सुविधाहरु थप गरि स्मार्ट एप्सलाई पहिले भन्दा अझ सरल र धेरै सुबिधाहरुका साथ सार्वजनिक गरीएको कम्पनीले जनाएको छ ।

कम्पनीले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित सेवा–सुविधाहरु समेतको जानकारी पनि उपलब्ध गराएको छ । एप्स भित्र क्यालेण्डर तथा बिश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन÷शेयर गर्न सकिने सुविधा रहेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले एन्ड्रोइड तथा आइ.ओ.एस. दुबै मोबाईल प्रविधिमा एप्स उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध रहेको जनाएको छ ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।