ज्योति लाइफको स्मार्ट एप्समा सुबिधा थप्यो

Jun 02, 2021 06:37 PM Merolagani



ज्योति लाइफ इन्स्योरेन्सले स्मार्ट एप्समा सुविधा थप गरेको छ । कम्पनीले जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु एप्समा लग ईन गरेपछि प्राप्त गर्न सकिने सुविधा थप गरेको हो ।

यस्तै कम्पनीद्धारा जारी गरिएका अन्य आवश्यक सुचनाहरुको नोटिफिकेशन अलर्ट समेत प्राप्त गर्न सकिन्छ । यसका साथै अभिकर्ताहरुले पनि आफुले बिक्रि गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र ब्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी पाउन सकिन्छ ।

सुविधाहरु थप गरि स्मार्ट एप्सलाई पहिले भन्दा अझ सरल र धेरै सुबिधाहरुका साथ सार्वजनिक गरीएको कम्पनीले जनाएको छ ।

कम्पनीले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित सेवा–सुविधाहरु समेतको जानकारी पनि उपलब्ध गराएको छ । एप्स भित्र क्यालेण्डर तथा बिश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन÷शेयर गर्न सकिने सुविधा रहेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले एन्ड्रोइड तथा आइ.ओ.एस. दुबै मोबाईल प्रविधिमा एप्स उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध रहेको जनाएको छ ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।