महामारीमा कमाईः कोभिड १९ को खोप बेच्ने ९ बिजनेस म्यान बने अरबपति

Jun 04, 2021 12:02 PM Merolagani



महामारीको यो खराब चरणमा, खोप एक मात्र उत्तम विकल्प हो। यस्तो अवस्थामा यसको माग पनि द्रुत गतिमा बढेको छ।

खोप निर्माताहरूले यसको पूर्ण फाइदा लिए। नतिजा यो भयो कि, खोपबाट हुने कमाईबाट विश्वले ९ नयाँ अरबपतिहरू प्राप्त गर्यो।

कुल सम्पत्तीबाट गरिब मुलुकमा बसोबास गर्ने करिब सबै मानिसहरुको खोप सम्भव

विशेष कुरा के छ भने उनीहरूको कुल सम्पत्तिबाट गरिब देशहरुमा बसोबास गर्ने सबै मानिस खोप लगाउन सकिन्छ। हालसालै सार्वजनिक गरिएको प्रतिवेदनमा पिपल्स भ्याक्सीन एलायन्सले भने कि यी नौ व्यक्तिको सम्पत्ति १९.३ अर्ब डलर बढेको छ। यो रकमले गरीब देशहरूले उनीहरूको आवश्यकता भन्दा १.३ गुणा बढी खोप दिन सक्छन्। एलायन्सको यो भनाइ यस्तो समयमा आएको छ कि जब भारत र दक्षिण अफ्रिका जस्ता देशहरूले निरन्तर खोपबाट पेटेन्ट संरक्षण हटाउन माग गर्दै आएका छन्।

मेडर्ना र बायोएनटेकका कर्मचारीहरुको सम्पत्ती बढ्यो

नयाँ सूचीको शीर्ष स्थानमा औषधी कम्पनी मेडर्नाका सिईओ स्टीफन बन्सल छन्। जसको कुल सम्पत्ति ४.३ अर्ब डलर छ। त्यसपछि बायोएनटेकका युगुर साहिन छन्, जो कम्पनीका सीईओ र सह–संस्थापक हुन्। फोब्र्सका अनुसार उसको कुल सम्पत्ति ४ अर्ब डलर छ। यसका साथै चिनियाँ कम्पनी क्यान्सिनो बायलजिक्सका तीन सह–संस्थापकहरू पनि नयाँ अरबपतिहरूको सूचीमा सामेल भएका छन्।
भारतको पूनावाला एण्ड फेमिलीको सम्पत्ति पनि बढ्यो

भारतको सीरम इन्ष्टीच्यूटका संस्थापक साइरस पूनावाला र उनका छोरा अदार पूनावालाको सम्पत्ति भारतमा द्रुत गतिमा बढेको छ। कम्पनीले कोरोनाको खोप कोभिशिल्ड बनाउँछ। कम्पनीले राज्यका लागि कोरोना खोपको प्रति डोज ३०० रुपियाँ र निजी अस्पताललाई ६०० रुपियाँ तोकेको छ। एक अन्तवार्तामा अदार पूनावालाले भनेका थिए कि कम्पनीले प्रति डोज १५० रुपियाँ नाफा गरिरहेको छ।

प्रति डोज लागत १५० रुपियाँ

यस हिसाबले ५० करोड डोजमा १.५ खर्बको नाफा भएको छ। यो आर्थिक वर्षमा कम्पनीको आम्दानी २०१९/२० कोभन्दा तीन गुणा बढी छ। साइरस पूनावालाको सम्पत्ति १०० प्रतिशत बढेर १६.२ अर्ब डलर पुगेको छ।
जी २० देशहरूको विश्वव्यापी स्वास्थ्य सम्मेलनलाई ध्यानमा राखी एलायन्सको बयान महत्त्वपूर्ण छ किनकि यीमध्ये धेरै देशहरू खोपलाई पेटन्ट अधिकारबाट छुट दिन विरोध गर्दछन्। यसै समयमा अमेरिकालगायत अन्य देश र पोप फ्रान्सिस जस्ता महत्वपूर्ण व्यक्तिहरूले पनि पेटेन्ट हटाउने मागलाई समर्थन गरेका छन्।

नेपाल टेलिकमका सिम प्रयोगकर्ताले पनि अब एसएमएसबाटै शेयर बजारकाे जानकारी लिन सक्ने




सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँट

Jan 26, 2026 04:34 PM

सोलु हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।