बलिउड अभिनेत्री जुही चावला किन पुगिन फाइबजी प्रविधि विरुद्ध अदालत ?

Jun 04, 2021 03:21 PM merolagani



यतिवेला नेपाल,भारत लगाएत अन्य देशहरू फाइबजी प्रविधि सुरु गर्ने तयारीमा छन् । नेपालले पनि २०२१ भित्रै फाइबजी सेवा सुरु गर्ने घोषण गरिसकेको छ ।

 

तर,यस बिषयलाई लिएर भारतीय अदालतमा मुद्दा परेको छ । खासगरी बलिउड अभिनेत्री जुही चावलाले फाइभजी प्रविधि विरुद्ध दिल्ली उच्च अदालतमा रिट दर्ता गराएकी छिन् । चावलाले रिटमा फाइभजी स्वास्थ्यका लागि कति सुरक्षित छ भन्ने विषयमा जाँच गर्न सरकारलाई आदेश दिनुपर्ने मा गरेको बताइएका छ ।

नेपालमापनि यो बहसको बिषय बनेको छ भने यसको असर अध्ययन गर्न एक समिति समेत गठन भएको छ ।
भारतीय मिडियाका अनुसार अभिनेत्री चावललाले करिब ५ हजार पृष्ठ लामो उक्त रिट सञ्चार विभाग,विज्ञान तथा इन्जिनियरिङ अनुसन्धान बोर्ड, इन्डियन मेडिकल रिसर्च काउन्सिल, केन्द्रीय प्रदुषण नियन्त्रण बोर्ड, केही विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनलाई विपक्षी बनाएकी छिन् ।

नयाँ नयाँ यस्ता प्रविधिले मानिसको स्वास्थयको लागि धेरै हानीकारक रहेको र सरकारले खतरा समेत नरहेको पुष्टि नगरेको भन्ने बिषयमा रिट समावेश गरिएको छ । खासमा सरकारले यो प्रविधिबाट कुनै पनि खतरा नरहेको पुष्टि नगरेसम्मका लागि यसमाथि रोक लगाउनुपर्ने हाम्रो माग छ ।

रिटमा भनिएको छ, ‘यदि नेटवर्क प्रदायकको फाइभजीको योजना कामयाव भयो भने, कुनै पनि व्यक्ति, जनावर वा बनस्पति हरेक क्षण आउने रेडियसनबाट जोगिन सक्ने छैनन् र यस्तो विकिरणको स्तर अहिलेभन्दा १० देखि १०० गुणा बढी हुनेछ ।’

यस अघिपनि विश्वमा यस बिषयमा ठूलो बहस रुपमा आएको थियो । चावलाले यति धेरै मोबाइल टावरका कारण उनको चिन्ता बढैको थियो भन्ने कुरा बताएकी छिन् ।फाइभजी नेटवर्क चीन, दक्षिण कोरिया, अमेरिका, युरोप जस्ता कयौं देशमा यस अघि देखि नै सञ्चालनमा आइसकेको छ ।

तर विश्वका कतिपय भागमा फाइभजीको आधारभूत सेवाका कारण रेडियो विकिरण उत्सर्जन बढ्ने चिन्ता छ । जसबाट क्यान्सर जस्ता रोग लाग्न सक्छन् । रिटमा फाइभजीबाट हुनसक्ने सम्भावित खतराको जिकिर गरिएको छ । त्यसमा बेल्जियमको हवाला दिइएको छ ।

एजेन्सी




दुई कुराबाट टाढा रहने ऊर्जामन्त्री घिसिङको घोषणा

Sep 15, 2025 03:43 PM

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेसँगै एक सशक्त सन्देश दिएका छन्। उनले मन्त्रीको हैसियतमा कुनै तलब, भत्ता, सुरक्षालगायत सेवा-सुविधा नलिने घोषणा गरेका हुन्।