नेपाल बङ्गलादेश बैंकको वार्षिकोत्सवको अवसरका ७० लाख रुपैयाँ बराबरको सहयोग

Jun 06, 2021 08:10 AM Merolagani



नेपाल बङ्गलादेश बैंकले आफनो २७ औँ वार्षिकोत्सवकाे अवसरका ७० लाख रुपैयाँ बराबरको सहयोग गरेकाे छ। बैंकले वार्षिकोत्सवको अवसर कोभिड १९ को संक्रमण र यसबाट हुनसक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयास स्वरूप उक्त सहयाेग गरेकाे हाे। 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई नेपाली ६६ लाख रुपैयाँ बराबरको २५०० भायल रेम्डेसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ।

यस्तै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख रुपैयाँको आर्थिक सहयोग पनि प्रदान गरेको छ। उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सनट्रेटर खरिद गर्ने बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेष्ठ २३ गतेदेखि आफ्नो बैकिङ्ग कारोबार शुभारम्भ गरेको थियो।

नेपाल बङ्गलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो। यस बैंकमा बंगलादेशको IFIC बैंकको ४०.९० प्रतिशत लगानी रहेको छ।

 

 




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।