निषेधाज्ञामा होमडेलिभरी सेवा सञ्चालन गर्न दिन सर्वोच्चको आदेश

Jun 07, 2021 05:50 PM Merolagani



निषेधाज्ञामा होमडेलिभरी सेवा सञ्चालन गर्न दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

निषेधाज्ञा अवधिमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो  ।

सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाइएको रिट निकेत अग्रवाललगायतले दायर गरेका थिए ।

निषेधाज्ञाको समयमा पनि फूड डेलिभरी तथा इ–कमर्श कम्पनीहरुले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

उनीहरुले निषेधाज्ञामा पनि व्यवसाय सञ्चालनको माग गर्दै रिट हालेका दिए । अन्तरिम आदेश अनुसार अब निषेधाज्ञामा पनि फूड डेलिभरी र इकमर्श कम्पनीहरुले सेवा सञ्चालन गर्न पाउनेछन् ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।