निषेधाज्ञामा होमडेलिभरी सेवा सञ्चालन गर्न दिन सर्वोच्चको आदेश

Jun 07, 2021 05:50 PM Merolagani



निषेधाज्ञामा होमडेलिभरी सेवा सञ्चालन गर्न दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

निषेधाज्ञा अवधिमा व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने माग राख्दै सर्वोच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो  ।

सोमबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाइएको रिट निकेत अग्रवाललगायतले दायर गरेका थिए ।

निषेधाज्ञाको समयमा पनि फूड डेलिभरी तथा इ–कमर्श कम्पनीहरुले दायर गरेको रिटमा अदालतले अन्तरिम आदेश जारी गरेको हो ।

उनीहरुले निषेधाज्ञामा पनि व्यवसाय सञ्चालनको माग गर्दै रिट हालेका दिए । अन्तरिम आदेश अनुसार अब निषेधाज्ञामा पनि फूड डेलिभरी र इकमर्श कम्पनीहरुले सेवा सञ्चालन गर्न पाउनेछन् ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।