निषेधाज्ञा लगतै नेपाल भित्रिदै रेनो एसयुभी काइगर,यस्तो छ मूल्य र बिशेषता

Jun 09, 2021 05:03 PM merolagani



नेपालमा लामो समयदेखि ल्याउने तयारी भएको रेनो काइगर गाडी आउने भएको छ । नेपालका लागि रेनो गाडीको आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले निषेधाज्ञा लगत्तै नेपाली बजारमा काइगर सार्वजनिक गर्ने तयारी गरेको हो ।

यो गाडी केहि महिना अगाडि भारतीय बजारमा सार्वजनिक भएको थियो । कम मूल्यको एसयुभिको कारण नेपालमा पनि यसले चर्चा बटुलेको छ ।

यो संगै फरक बिशेषताका कारण रेनो काइगर नेपालमा रुचाइने कम्पनीले जनाएको छ । भारतमा विशेषत निसान म्याग्नाइटसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।

कस्तो छ गाडी ?

विशेषत एग्रेसिभ लुग्समा आधारित भएर यो गाडीलाई डिजाइन गरिएको छ ।

स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, रेनोको सिग्नेचर ग्रिल, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर दिइएको छ ।

झन युवा पुस्तालाई ध्यानमा राखेर रेनोले बजारमा ल्याएको काइगरमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टममा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुन्छ ।

७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायत आधुनिक फिचरले काइगरलाई उत्कृष्ट बनाएको कम्पनीको दावी छ ।

कति पर्छ मूल्य ?

एड्भान्स अटोमोवाइलले यसको मूल्य आधिकारिक रुपमा घोषणा गरिसकेको छैन तर, पनि यसको मूल्य निसान म्याग्नाइट भन्दा केही हजार कम पर्ने अनुमान गरिएको छ ।

यसको सुरुवाती भेरियन्टको मूल्य २९ लाख हुने अनुमान गरिएको छ । विभिन्न ६ फरक कलर भेरियन्टमा उपलब्ध हुने काइगरमा १.० लिटर नेचुरल एस्पायर्ड र १.० लिटर टर्बो इन्जिन अप्सन उपलब्ध रहने छ ।

यसलाई ५ स्पीड म्यानुअल र अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।