मिर्मिरे लघुवित्तले एफपीओ निष्काशन गर्ने

Jun 09, 2021 11:16 AM Merolagani



मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले सर्वसाधारण शेयरमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्ने भएको छ ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्ने भएको छ ।

लघुवित्तले एफपीओ निष्काशन गर्न नेपाल एसविआई मर्चेण्ट बैकिंङ्गलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लघुवित्त र मर्चेण्ट बैकिङ्गबीच जेठ २३ गते सम्झौता भएको हो ।

यस अघि पनि लघुवित्त र मर्चेण्ट ३७ हजार २६० कित्ता एफपीओ निष्काशन गर्ने सम्झौता भएको थियो । लघुवित्तले निष्काशन गर्ने शेयर संख्यामा परिवर्तन भएपछि पुन सम्झौता भएको हो ।

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।