बुधबार थपिए ४३४४ जना कोरोना संक्रमित, ८१ को मृत्यु

Jun 09, 2021 05:01 PM Merolagani



पछिल्लो २४ घण्टामा नेपालमा थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पिसिआर विधिबाट १२०७४ र एन्टिजेनबाट ४५६८ जनाको परिक्षण गर्दा सो संङ्ख्यामा कोरोना संक्रमित भेटिएका हुन ।

यो सँगै पछिल्लो २४ घण्टामा ८१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस बीचमा कोरोना मुक्त भएर ५हजार ७६८ जना घर फर्किएका छन । हालसम्म नेपालमा कोरोना मुक्त हुने दर ८५.२ प्रतिशत रहेको छ । हाल नेपालमा संक्रिय संक्रमित ८० हजार ३३६ जना पुगेका छन् ।

बुधबार काठमाडौंम ६७९,भक्तपुर ८५, ललितपुर १५१ जना गरी उपत्यकामा ९१५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ६१५६५२ कोरोना पुगेका छन् भने ८१७९ जनाको मुत्यु भएको छ ।

 




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।