भ्वाइस, डेटा र इन्टरनेटको गुणस्तर मापन गर्न स्वचालित प्रविधि भित्र्याउदै दूरसञ्चार प्राधिकरण, पूर्वाधार नहुँदा नियमनमा समस्या

Jun 10, 2021 01:08 PM merolagani



नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले मोबाइल तथा फिक्सड् सेवाको नियमन र निरिक्षण गर्न नयाँ स्वचालित प्रविधि भित्र्याउने भएको छ ।

प्राधिकरणमा पटक पटक डेटा भ्वाइस तथा फाइबर इन्टरनेट प्रयोगकर्ताले नेपालका दूरसञ्चार सेवा प्रदायकले गुणस्तरहीन सेवा दिइरहेको उजुरी परेपछि नियामकले नयाँ प्रविधि भित्र्याउन लागेकाे हो ।

यसअघि प्राधिकरणसँग सेवा प्रदायकले दिइरहेको सेवा परिक्षण तथा निरिक्षणको लागी भरपर्दो पुर्वाधार थिएन जसको कारण गुणस्तर मापन हुन सकेको थिएन ।

अब भने प्राधिरणले मापन प्रविधि भित्र्याएपछि नेपालको सबै क्षेत्रमा पुगेको भ्वाइस, डेटा तथा इन्टरनेट सेवाप्रदायकले दिइरहेको इन्टरनेट सेवाको गुणस्तर मापन नयाँ तरिकाबाट हुने प्रधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

हाल यो प्रविधि भित्र्याउन टेन्डर समेत भइसकेको छ । प्राधिकरणका प्रवक्ता पौडेलका अनुसार अघिल्लो बर्ष नै यसको काम अघि बढेपनि कोरोना महामारीको कारण प्रक्रिया अघि बढाउन सकिएको थिएन् ।

अहिले उक्त मापन प्रविधि भित्र्याउन बोलपत्र मूल्याङ्कनको काम भइरहेको छ । ‘हामीले चाँडै मूल्याङ्कनको प्रक्रिया टुङ्ग्याएर सिस्टम खरिदको कार्य अगाडि बढाउने छौ 

मोबाइल, टेलिफोन, डेटा तथा इन्टरनेट सेवाको न्यूनतम गुणस्तर तोक्ने, अनुगमन गर्ने र तोकिएको गुणस्तर कायम नगर्ने सेवा प्रदायकलाई कारबाही गर्ने अधिकार प्राधिकरणसँग छ ।

तर, अहिले प्राधिरणले गर्ने गुणस्तर मापन शुन्य जस्तै छ । प्राधिकरण अहिले सेवालाई भरपर्दो बनाउने भन्दा पनि ठेक्का तथा परियोजनाको काममै व्यस्त छ ।

हाल प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तर मापनका लागि ड्राइभ टेस्ट लगायतका टुलको प्रयोग हुँदै आएपनि बिगत दुईबर्षदेखि परिक्षण र गुणस्तर मापनमा कुनै काम हुन सकेको छैन ।

सेवाप्रदायकले प्रवाह गर्ने दूरसञ्चार सेवाको चुस्त र प्रभावकारी अनुगमन गर्नका लागि स्वचालित दूरसञ्चार गुणस्तर परीक्षण प्रविधि नेपालमा ल्याउन लागिएको हो ।

खासगरी उपभोक्ताले भ्वाइस, डेटा तथा इन्टरनेट सेवा निश्चित स्थान र समयमा कस्तो गुणस्तरको पाइरहेका छन् भन्ने बिषयमा अनुगमन गरिने छ भने सेवाको मापदण्ड अनुरुप भए नभएको जानकारी लिन सकिन्छ ।

उपभोक्ताले नेपालको इन्टरनेट गुणस्तरहीन भएको भनेपनि हालसम्म कुनै आधिकरीक पुष्टि गर्ने ठाँउ छैन । अब यो प्रणाली आएपनि सेवाग्राहीको गुनासो घटेर जाने नियामकको दाबी छ ।

प्राधिकरणका अनुसार सेवाको गुणस्तर अनुगमनका साथै सेवा प्रदायकको आम्दानी तथा बिलिङ अस्योरेन्सको प्रविधि समेत जोडिनेछ ।
जसका कारण उपभोक्ताले सेवा प्रयोग गरे वापत तिर्नुपर्ने महसुल प्राधिकरणबाट स्वीकृत दरसँग मिले नमिलेको जाँच गर्न संभव हुनेछ ।

सेवा प्रदायकको आय र सरकारलाई बुझाउने राजस्व समेतको अनुगमन यो प्रणालीबाटै गर्न सकिने प्राधिकरणको भनाई छ ।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।