८५ प्रतिशत सकियो ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम , ५ अर्ब ६७ करोड भुक्तानी

Jun 11, 2021 02:19 PM merolagani

विगत तीन बर्षदेखि दूरसञ्चार कोषको रकम परिचालन गरि अघि बढाइएको ब्रोडव्यान्ड परियोजनाको काम ८५ प्रतिशत सकिएको छ ।ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७८ बैशाख मसान्तसम्म लगभग ८५ प्रतिशत काम सम्पन्न भएको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ओटा प्याकेजमध्ये १५ ओटा प्याकेजहरु मार्फत् ६० जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुम काम सकिएको छ ।

यस्तै अन्य २ ओटा प्याकेज मार्फत् १० जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएको प्राधिकरणले जनाएको छ ।

साथै २ ओटा प्याकेजहरु मार्फत् ९ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको लागि सेवा प्रदायकहरु छनोट भइ निर्माण कार्य भइरहेको छ।

सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ।

त्यस्तै एउटा परियोजनाहरुको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ।

प्राधिकरणका अनुसार हालसम्म १३ हजार ७ सय साइटमा ब्रोडव्यान्ड परियोजनाको काम सम्पन्न भइ सेवा हस्तान्तरण समेत भइसकेको छ ।

त्यस्तै स्थानिय नियायको कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय तथा स्वास्थ्य सस्था गरी अब २ हजार दुई सय ८२ साइटमा मात्रै ब्रोडव्यान्ड इन्टरनेट जडान र सेवा उपलब्ध गराउन बाँकी छ ।

प्राधिकरणले अहिलेसम्म ब्रोडव्यान्ड परियोजना ठेक्का पाउन इन्टरनेट कम्पनीहरुलाई ५ अर्ब ६७ करोड ४६ लाख भुक्तानी गरिसकेको जनाएको छ । अर्को तर्फ नेपालको अप्टिकल फाइबर विस्तार भने भौतिक प्रगति हुन सकेको छ ।

नेपाल टेलिकम र युटिएलले जिम्मा लिएका उक्त परियोजनामा लक्ष्य अनुसार काम हुन सकेको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।