मिर्मिरे लघुवित्तको सिइओको राजीनामा स्वीकृत, निमित्त सिइओमा न्यौपाने नियुक्त

Jun 13, 2021 02:31 PM Merolagani

मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुमार याक्सोको राजीनामा स्वीकृत भएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले सिइओ याक्सोको राजीनामा स्वीकृत गर्दै निमित्त सिइओमा राजेन्द्र प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ ।

न्यौपानेलाई असार १ गतेबाट लागु हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको कम्पनीले जनाएको छ । लघुवित्तका नायव कार्यकारी प्रमुख रहेका न्यौपानेलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।

यस्तै आगामी साधारण सभाबाट अनुमोदन हुनेगरी मिर्मिरे लघुवित्त वित्तीय संस्थाको रिक्त रहेको स्वतन्त्र सञ्चालकमा प्रविण भट्टराईलाई नियुक्त गरेको छ । लघुवित्तले काठमाडौं, कागेश्वरी मनहरा नगरपालिकाका भट्टराईलाई जेठ २९ गते देखि लागू हुनेगरी सञ्चालक पदमा नियुक्त गरेको हो ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।