रिलायन्स लाइफले विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

Jun 15, 2021 12:45 PM Merolagani



रिलायन्स लाइफ  इन्स्याेरेन्स (RLI) ले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।

कोभिड १९ ले बीमितको जनजीवनमा असर गरेको गर्दै कम्पनीले विलम्ब शुल्कमा छुट दिने भएको छ ।

कम्पनीले नवीकरण बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा त्यसवापत लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।

कम्पनीले बीमितलाई उक्त छुट सेवाको फाइदा लिन आग्रह गरेको छ ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।