बाेर्डले सार्वजनिक गर्याे शेयर बजारमा जोखिमपूर्ण कम्पनीको सूची

Jun 15, 2021 04:40 PM Merolagani



नेपाल धितोपत्र बोर्डले धितोपत्रको कारोबार गर्दा धितोपत्रमा निहीत जोखिम रहेका कम्पनीहरु सार्वजनिक गरेको छ। बोर्डले निहीत जोखिम रहेका ५१ वटा कम्पनीहरु सार्वजनिक गरेको हो ।

विगत एक वर्षको अन्तरालमा सूचिकृत संगठित संस्थाहरुको मूल्य वृद्धि ३०० प्रतिशत र सो भन्दा बढी प्रतिशतले मूल्य वृद्धि भएका,मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका प्रतिशेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्य भएका, प्रति शेयर अंकित मूल्य भन्दा प्रति शेयर नेटवर्थ कम भएका बर्तमान वित्तीय क्षमताको मूल्यँकन समेतका आधारमा कम्पनीहरु जोखिमपूर्ण रहेको बोर्डको ठहर रहेको छ ।

यस्ता कम्पनीमा माइक्रोफाइनान्स, हाइड्रोपावर ,फाइनान्स कम्पनी र बीमा कम्पनी परेका छन ।
उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बोर्डले जानकारी गराएको छ ।

जोखिम रहेका ५१ वटा कम्पनीहरुकाे सूची यहाँ क्लिक गरेर पनि हर्न सकिन्छ ।

 





यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।