सूर्या लाइफको सीइओमा पवन कुमार खड्का नियुक्त

Jun 15, 2021 05:32 PM Merolagani



सूर्या लाइफ इन्स्योरेन्स (SLICL) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पवन कुमार खड्का नियुक्त भएका छन् ।

C7# कम्पनी सञ्चालक समितिको जेठ ३१ गते बसेको बैठकले कम्पनीका खड्कालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले उनलाई असार १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षेको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

कम्पनी सञ्चालक समितिको जेठ १३ गते बसेको बैठकले प्रमुख कार्यकारी अधिकृतमा खड्काको नाम प्रस्ताव गरि स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो । बीमा समितिबाट खड्काको नियुक्तिलाई अनुमति दिएपछि उनलाई प्रमुख कार्याकारी अधिकृतमा नियुक्त गरेकाे हाे । 

यस अघि खड्काले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समहाल्दै आइरहेका थिए ।

शिवनाथ पाण्डले कम्पनीको प्रमुख कार्याकारी अधिकृतको पदबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।