शिखर इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन, संस्थापकको शेयर घट्यो

Jun 16, 2021 03:24 PM Merolagani



शिखर इन्स्योरेन्स (SICL) को शेयर स्वामित्व परिमार्जन भएको छ । कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन भएको हो ।

कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन भएपछि कम्पनीको शेयर स्वामित्व संस्थापक ५१ र सर्वसाधारणको ४९ प्रतिशत कायम भएको छ ।

यस अघि कम्पनीको शेयर संरचना संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत रहेको थियो ।

कम्पनीको गत चैत ९ गते सम्पन्न पन्धौं तथा सोह्रौं वार्षिक साधारण सभाले शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।