शिखर इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन, संस्थापकको शेयर घट्यो

Jun 16, 2021 03:24 PM Merolagani



शिखर इन्स्योरेन्स (SICL) को शेयर स्वामित्व परिमार्जन भएको छ । कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन भएको हो ।

कम्पनीको संस्थापक शेयर सर्वसाधारणमा परिमार्जन भएपछि कम्पनीको शेयर स्वामित्व संस्थापक ५१ र सर्वसाधारणको ४९ प्रतिशत कायम भएको छ ।

यस अघि कम्पनीको शेयर संरचना संस्थापक ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत रहेको थियो ।

कम्पनीको गत चैत ९ गते सम्पन्न पन्धौं तथा सोह्रौं वार्षिक साधारण सभाले शेयर संरचना परिमार्जन गर्ने प्रस्ताव पारित गरेको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।