सेबोनले सार्वजनिक गरेका ५१ कम्पनीमध्ये ४८ कम्पनीकाे मूल्य घट्याे,३ काे बढ्याे, घट्ने र बढ्नेकाे सूची हेराै

Jun 16, 2021 05:48 PM Merolagani



नेपाल धितोपत्र बोर्डले जोखिमपुर्ण भन्दै सार्वजानिक गरेको ५१ वटा कम्पनीमा अधिकांशको शेयरमूल्य उच्च रुपले घटेको छ। ५१ मध्ये ३ कम्पनीको शेयरमूल्य सामान्य बढेको छ भने बाँकी सबै कम्पनीको शेयरमूल्य घटेको छ।

पछिल्लो समय उच्चरुपले बढेका हाइड्रोपावर, फाइनान्स र विकास बैंकहरुको शेयरमूल्य बुधबार उच्च रुपले घटेको छ। बोर्डले सार्वजानिक गरेको सूचमा ४ वटा फाइनान्स कम्पनी परेका थिए। ती चारवटा फाइनान्सको शेयरमूल्य औषतमा ९.७१ प्रतिशतले घटेको छ।

यस्तै २२ वटा हाइड्रोपावर कम्पनीमा २० वटाको शेयरमूल्य घटेको छ। बोर्डले सार्वजानिक गरेको २२ हाइड्रोपावरको शेयरमूल्य औषतमा ६.३७ प्रतिशतले घटेको छ।

त्यस्तै होटल, डेभलपमेन्ट बैंक, उत्पादन तथा प्रशोधन, व्यापार र माइक्रोफाइनान्सका दुई दुई वटा कम्पनी परेका थिए। ती मध्ये मर्जर प्रकृयामा रहेको एक कम्पनी बाहेक सबैको मूल्य घटेको छ। यस्तै लगानी उपसमूहका ४ कम्पनीको शेयरमूल्य औषतमा २.९८ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्सको ५ कम्पनीको शेयरमूल्य औषतमा २.९३ प्रतिशतले घटेको छ।

बुधबार ती कम्पनीहरुमध्ये १० वटा कम्पनीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा ४ वटा फाइनान्स र ६ वटा हाइड्रोवावर कम्पनी रहेका छन्।

यता युनियन हाइड्रोपावर, सिनर्जी पावर र महिला लघुवित्तलाई भने बोर्डको विज्ञप्तिले खासै ठुलो असर पारेको छैन्। सेवोनको सूचीमा यी तीन कम्पनी परेको भएपनि ती कम्पनीको शेयरमूल्य भने बढेको छ।

  • हेर्नुहोस बोर्डले सार्वजानिक गरेको ५१ कम्पनीमा कसको शेयरमूल्य कतिले घट्योः

बोर्डले मंगलबार लगानीको लागि जोखिम रहेको भन्दै ५१ वटा कम्पनीको नाम सार्वजानिक गरेको थियो। उक्त कम्पनीहरुको कारोबारमा भित्री कारोबार,सर्कुलर कारोबार, कर्नरिङ लगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा अध्ययन सुरु भएको बोर्डले जनाएको छ ।

यसै कारण बुधबार ती कम्पनीहरुको शेयरमा प्यानिक सेल आउँदा शेयरमूल्य उच्च रुपले घटेको हो। उसले नेप्से सूचकमा समेत ५२ अबंंको गिरावट देखिएको छ।

 

 




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।