रोनाल्डोको पानी पिउन इशारापछि कोकाकोलाको शेयर ४ बिलियन डलर घट्यो

Jun 17, 2021 10:19 AM Merolagani



यूरो २०२० को पत्रकार सम्मेलनमा क्रिष्टियानो रोनाल्डोले सर्वसाधारणलाई कोकको सट्टा पानी पिउन गरेको इशारापछि कम्पनीले आफ्नो मार्केट भ्यालु ४ बिलियन डलर गुमाएको छ।

सोमबार पोर्चुुगल विरुद्ध हंगेरीको खेलभन्दा अघि भएको सम्मेलनमा रोनाल्डोले कोकका दुई बोटल क्यामराको दृश्यभन्दा बाहिर सारेर पानीको बोटल उठाएपछि कोका कोला शेयरको मूल्य ५६.१७ डलरबाट घटेर ५५.२२ डलरमा झरेको अन्तरराष्ट्रिय मिडियाले बताएको छ।

कम्पनीको मार्केट भ्यालु २४२ बिलियन डलरबाट २३८ बिलियन डलरमा झरेको छ–अर्थात ४ बिलियन डलर घटेको छ।

‘अग्वा’, सुपरस्टार खेलाडीले भनेका थिए। पोर्चुगिज भाषामा त्यसको अर्थ पानी हुन्छ।

कोका कोला यूईएफए यूरो २०२० प्रतियोगिताको एक स्पन्सर हो र द गार्जियनले गरेको समीक्षामा कम्पनीले भनेको छ, ‘हरेकलाई आफ्नो रोजाइको पेय पदार्थ पिउने छुट छ।’

यूरो २०२० का एक प्रवक्ताले भने, ‘खेलाडीहरुलाई सम्मेलनमा पानीसँग सँगै एउटा कोका कोला र अर्को कोका कोला जीरो सुगर दिइएको हुन्छ।’

रोनाल्डोले ट्रेण्ड शुरु गरे जस्तै देखिन्छ, किनभने फ्रेन्च खेलाडी पल पोग्बाले पनिमंगलबार जर्मन विरुद्धको खेलभन्दा अगाडि हाइनेकेन बियरको बोटल उचालेर त्यस्तै इशारा गरेका थिए।

कोका कोलाको शेयर मंगलबार बजार बन्द हुँदा ५५.४१ डलरमा कारोबार भएको थियो।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका चार निर्णय

May 08, 2026 01:10 PM

मन्त्रिपरिषद् बैठकले चार निर्णय गरेकाे छ । आज बसेको मन्त्रिपरिषद् बैठकले यस्ता निर्णय गरेको हाे ।