बिहिबार थपिए २६०७ जना कोरोना भाइरस संक्रमित, ३९ को मृत्यु

Jun 17, 2021 05:16 PM merolagani



पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

यस्तै २ हजार १४१ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् ।

मन्त्रालयका अनुसार जम्मा १२ हजार ४८४ जनामा परीक्षण गर्दा २ हजार ६०७ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर पीसीआर परिक्षणबाट कोरोना संक्रमितको हुनेको संख्या ६ लाख १५ हजार ९८४ र एन्टिजेन विधिबाट २४ हजार ५६ पुगेको छ ।

हालसम्म ४ लाख ४५ हजार बढी संक्रमण मुक्त भएका छन् भने मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।