२४ घण्टामा थपिए २ हजार ७६८ संक्रमित, ४ हजार २० जना डिस्चार्ज

Jun 18, 2021 05:28 PM merolagani



 नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६८ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ९६३ र  ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८०५ जना गरी  २ हजार ७६८  जना कोरोना संक्रमित थपिएका हुन् ।

 

पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

निको हुने दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।