२४ घण्टामा थपिए २ हजार ७६८ संक्रमित, ४ हजार २० जना डिस्चार्ज

Jun 18, 2021 05:28 PM merolagani



 नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६८ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ५६९ जनाको पीसीआर परीक्षणबाट १ हजार ९६३ र  ५ हजार ४६८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८०५ जना गरी  २ हजार ७६८  जना कोरोना संक्रमित थपिएका हुन् ।

 

पछिल्लो २४ घण्टामा थप ४४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार २० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

निको हुने दर ८९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।