गरिमा विकास बैंकले केसिएल अस्टयूट क्यापिटलको शेयर खरीद गरि सहायक कम्पनीकाे रूपमा अघि बढाउने

Jun 18, 2021 06:22 PM Merolagani



गरिमा विकास बैंक (GBBL) ले केसीएल अस्ट्यूट क्यापिटलको शेयर खरीद गर्ने भएको छ । बैंकले केसीएल अस्ट्यूट क्यापिटलको ५१.२० प्रतिशत शेयर खरीद गर्ने भएको हो ।

शेयर स्वामित्व खरीद गर्ने सम्बन्धमा बैंक र क्यापिटलबीच शुक्रबार सम्झौता भएको छ । उक्त समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द प्रसाद ढकाल र केसीएल अस्ट्यूट क्यापिटलका तर्फबाट अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका हुन् ।

गरिमा विकास बैंकले शेयर लगानी गरेपश्चात केसीएल अस्ट्यूट क्यापिटल गरिमा विकास बैंकको सहायक कम्पनीको रुपमा अगाडि बढाइने भएको छ ।

यस्तै बैंकको शेयर स्वामित्व खरिद गरेपछि क्यापिटलको नाम परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड राख्ने सहमति भएको छ ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।