काठमाण्डाै नगर बजेट: व्यवसायीहरुले निजी शौचालयमा सर्वसाधारणलाइ नि: शुल्क सेवा दिए करमा थप ५० प्रतिसत छुट

Jun 24, 2021 03:27 PM Merolagani



काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्षको बजेटमा घर बहाल करदेखि बक्यौतामा लाग्ने जरिवानासम्म छुट दिएको छ । कोभिड–१९ को प्रभावले परेको असरलाई मध्यनजर गदै महानगरले घर धनीले बुझाउने वार्षिक बहाल कर रकमको १० प्रतिशत वा पच्चीस हजार रुपैयाँमध्ये जुन रकम कम हुन्छ सो रकम छुट दिने भएको हो ।

घर  बहाल करमा छुट प्राप्त गर्न सम्बन्धित घरधनी र बहालमा लिने प्राकृतिक वा कानुनी व्यक्तिका बीच भएको बहाल सम्झौता अनिवार्य पेश गर्नुपर्ने महानगरले जनाएको छ ।

त्यस्तै महानगरले काठमाडौंभर भीडभाड हुने तथा सार्वजनिक शौचालयको अभाव रहेको स्थानका होटल,रेष्टुरेन्ट पसल जस्ता व्यवसायहरुले आफ्नो प्रयोजनका लागि बनाएका शौचालयमा सर्वसाधारणका लागि समेत निःशुल्क सेवा दिने र त्यस्ता व्यवसायमा लाग्ने व्यवसाय करमा थप ५० प्रतिसत छुट दिने भएको छ ।

त्यसैगरी आर्थिक वर्ष २०७६÷७७ देखि कर वक्यौतामा लाग्ने जरिवान सबै छुट गरेको छ भने सम्पत्ति करमा ९० प्रतिसतसम्म छुटको व्यवस्था गरेको छ ।

 




हाइड्रोपावर समूहबाट निस्कँदै लगानीकर्ता, कुन सेक्टरमा बढाउँदैछन् लगानी ? तथ्यांक यस्तो छ

Jul 05, 2025 05:39 PM

गत हप्ता नेप्से परिसूचकले सेन्चुरी मारेर २७ सय माथि टिक्न सफल भएको छ । नेप्सेले सेन्चुरी मार्दै गर्दा लगानीकर्ता भने हाइड्रोपावरबाट सिफ्ट भएर अन्य क्षेत्रतिर गएको देखिएको छ । हाइड्रोपावरबाट लगानीकर्ता विस्तारै विकास बैंक, फाइनान्स र इन्स्योरेन्स समूहमा सरेको तथ्यांकले देखाएको छ ।