जीवन विकास लघुवित्तको आईपीओमा नयाँ रेकर्ड, झन्डै २१ लाखको आवेदन, ९१ प्रतिशतले शेयर नपाउने

Jun 29, 2021 06:24 PM Merolagani



जीवन विकास लघुवित्तको आइपीओमा २० लाख ८४ हजार ७६२ जनाको आवेदन परेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार बेलुकासम्ममा उक्त सङ्ख्यामा तीन करोड १२ लाख ६६ हजार २६२ कित्ता शेयर खरिदको लागि आवेदन परेको हो ।

याे सर्वसाधारणलाई छुट्याएकाे १८ लाख ४८ हजार १५ कित्ताकाे १६.९२ गुणा हाे ।

लघुवित्तकाे शेयरमा माग भन्दा बढी आवेदन परेकाेले धिताेपत्र निष्काशन तथा बाँडफाँड  निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार गाेलाप्रथाबाट १० कित्ताका दरले १ लाख ८४ हजार ८०१ जनाले मात्रै लघुवित्तकाे शेयर पाउनेछन् ।

त्यस अनुसार कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने देखिन्छ । याे अन्तिम तथ्यांक नभएकाेले आवेदन दिनेको संख्या अझै बढ्नेछ ।

लघुवित्तले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित मूल्यका १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको हो।

यसमध्ये लघुवित्तले ३० हजार ४२० कित्ता अर्थात जारी पूँजीको ५ प्रतिशत शेयर कर्मचारीहरुका लागि र कुल निष्काशनको ५ प्रतिशत अर्थात ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ।

बाँकी १८ लाख ४८ हजार १५ कित्ता मात्रै सर्वसाधारणलाई वितरण हुनेछ । 

 




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।