नेको इन्स्योरेन्सको मूल्य समायोजन

Jul 02, 2021 08:27 AM Merolagani



असार १८ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्स (NIL) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले इन्स्योरेन्सको १५.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य १४२९ रुपैयाँ कायम भएको छ। नेप्सेले अघिल्लो दिनको अन्तिम मूल्यको आधारमा समायोजन गरेको हो। बिहीबार इन्स्योरेन्सको शेयर प्रतिकित्ता १६५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न असार ३१ गते कम्पनीको भवन ज्ञानेश्वरमा विद्युतिय माध्यमबाट २५ औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले १५.५ प्रतिशत अर्थात २० करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.८२५ प्रतिशत अर्थात १ करोड ७ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यस्तै साधारण सभाले जारी गरिने बोनस शेयरको हदसम्म जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि गर्ने सम्बन्धमा पनि छलफल गर्नेछ।

कम्पनीले प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुको नियमक निकायहरुबाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भए आवश्यक परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने तयारी गरेको छ।

आइतबार समायाेजित मूल्यका आधारमा इन्स्याेरेन्सकाे शेयर काराेबार खुल्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।